विपिनलाई राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ (तस्बिरहरू)

विपिनलाई राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ (तस्बिरहरू)
+
-

कञ्चनपुर- हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

महाकाली नदीको किनारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपिनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए। सशस्त्र प्रहरीको टोलीले सलामी दिएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो।

अन्त्येष्टिमा नेपालका लागि इजरायली राजदूत समुलिक एरी बास सहभागी थिए। इजरायली दूतावासका प्रतिनिधिले विपिनको शवमा इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै सम्मान व्यक्त गरेका थिए।

तेलअभिभबाट सोमबार फ्लाइ दुबईमार्फत् काठमाडौं आइपुगेको विपिनको शव साँझ नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी पुर्‍याइएको थियो। त्यहाँबाट धनगढी उपमहानगरको शव वाहनबाट भीमदत्त नगरपालिका–३ स्थित विपिनको घरसम्म लगिएको थियो।

मंगलबार बिहान घरबाट समाधिस्थल, महाकाली भुजेलाघाटसम्म शवयात्रा निकालिएको थियो। शव यात्रामा पूर्व परराष्ट्रमन्त्री एनपी सावद, पूर्व सांसद तारा लामा तामाङ, इजरायली राजदूत बास र उनकी श्रीमती सहभागी थिए।

तस्बिरहरूः

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष