राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छ: सञ्चारमन्त्री खरेल

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छ: सञ्चारमन्त्री खरेल
+
-

काठमाडौँ- सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता अघि बढाएको छ।

मंगलबार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा बसेको सर्वदलीय बैठकमा निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रणबारे गहन छलफल भएको थियो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक संवादले निर्वाचनको माहोल बनेको बताउँदै सबै दलले सकारात्मक सहयोगका आश्वासन दिएको जानकारी दिए। उनका अनुसार दलहरूको मुख्य चासो सुरक्षाको वातावरण सुनिश्चित गर्नेमाथि केन्द्रित थियो।

प्रधानमन्त्री कार्कीले भयरहित वातावरणमा समयमै निर्वाचन गराउने सरकारको प्रतिबद्धता दोहोर्याए। बैठकमा सहभागी सबै दलका नेताहरूले निर्वाचनमा सहभागी हुने र सुशासन प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

मन्त्री खरेलका अनुसार जेनजी आन्दोलनको जगमा बनेको सरकार जनताको विश्वास जित्दै संवाद र सहमतिको वातावरण बनाउँदै अघि बढिरहेको छ।

उनले तिहारपछि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना पनि औंल्याए।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’