
देश सञ्चार
२ घण्टा पहिले

अ
+
अ
अ
-
झापा – झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटबाट बिर्तामोड ५ का ३० बर्षीय जगन राजवंशीको मृत्यु भएको हो।
उनको शव हाल बिएण्डसी अस्पतालमा रहेको बुझिएको छ। स्थानीयका अनुसार राजवंशीको टाउको बाँस प्रहार भएको थियो। हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ।

