
कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानमा जुवाको खालबाट १२ जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलस्थित दिनेशबहादुर बमको नास्ता पसलमा जुवातास खेल्दै गरेका आठ जनालाई नगद रकमसहति नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार सोही स्थानबाट ३० हजार ९३५ रुपैयाँ रकम नगद, चार थान मोबाइल फोन, गलैँचा एक थान बरामद गरिएको छ।
यसैगरी, सोही नगरपालिका–३ देबीस्थानका डम्बर दमाईको घरमा प्रहरीले छापा मारी जुवातास खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको छ।
उक्त स्थानबाट २१ हजार ८७५ रुपैयाँ नगद, तीन थान मोबाइल फोन, त्रिपाल १ थान बरामद गरेको छ। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ।
-फाइल तस्बिर