ट्राइ नेशन सिरिजः नेपालको पोस्टमा इरानको तीन गोल

ट्राइ नेशन सिरिजः नेपालको पोस्टमा इरानको तीन गोल
+
-
देशसञ्चार AI सारांश

  • नेपालले इरानविरुद्धको खेलको पहिलो हाफमा गोल हुन नदिए पनि दोस्रो हाफमा तीन गोल खायो।

  • इरानले नेपालविरुद्धको जितमा साहारा, जहारा र शबनमका उत्कृष्ट प्रदर्शनले निर्णायक भूमिका खेले।

  • पहिलो चरणको खेलमा इरानले भारतलाई २–० ले पराजित गर्दै आफ्नो मजबुत स्थिति कायम गरेको थियो।

 

काठमाडौं – नेपाल, भारत र इरान सम्मिलित त्रिदेशीय महिला फुटबल प्रतियोगितामा नेपाल इरानसँग ३–० को फराकिलो अन्तरले पराजित भएको छ। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा इरानले खेलमा अग्रता बनाएको थियो।

इरानी टोलीले पहिलो हाफमा अधिकांस समय खेल नियन्त्रणका बाबजुत गोल गर्न सकेको थिएन्। तर, दोस्रो हाफ सुरु भएको केही क्षणमै नेपाल गोल खान पुग्यो। खेलको ४९ औं मिनेटमा इरानले अग्रता लियो। गोलरक्षकको लामो पासलाई नेपाली डिफेन्डरले रोक्न नसक्दा साहारा दिदरले गोलरक्षक एञ्जीलालाई बिट गर्दै टिमलाई सुरुवाती अग्रता दिलाइन्।

पहिलो गोल खाएको तीन मिनेटपछि नै नेपालले दोस्रो गोल खायो। ५२ औं मिनेटमा डिबक्स बाहिर पाएको फ्रिकिकलाई इरानी कप्तान जहाराले सिधै गोलमा परिणत गरिन्। दोस्रो बार च्यापेर उनले गरेको आकर्षक प्रहारलाई गोलरक्षक एञ्जीलाले प्रयास गरे पनि बल उनको हातमा लाग्दै गोलमा परिणत भएको थियो।

इरान यतिमै रोकिएन खेलको ५७ औं मिनेटमा मेलिकाको पासमा शबनमले डिबक्स बाहिरबाट गरेको प्रहारले उत्कृष्ट गोलको रुप लियो। उक्त प्रहारको समयमा गोलरक्षक एञ्जीला केही अगाडि बढेको र बललाई सहि जज गर्न नसक्दा नेपालले ८ मिनेटभित्रै तेस्रो गोल खान पुग्यो। त्यसपछि पनि इरानले राम्रा अवसर बनाएको थियो।

नेपाल भने केही सिमित मौकामा गोल गर्न चुकेको थियो। बाँकी समयमा थप गोल हुन नसकेपछि नेपाल इरानसँग ३–० को हार ब्यहोर्न बाध्य भयो। यसअघि पहिलो खेलमा इरानले भारतलाई २–० ले पराजित गरेको थियो।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’