हुम्ला – सल्यानको शारदा नदी किनारमा महिलाको शव फेला परेको छ। शारदा नगरपालिका –१२ गाईनेटा नजिक शारदा नदीको किनारमा पानीमा तैरिरहेको अवस्थामा महिलाको शव भेटिएको प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिए।
उनका अनुसार मृत महिलाको शरीरको आधा भागमा कपडा नभएको र शरीरका विभिन्न भागमा हिलो लागेको अवस्थामा शव भेटिएको हो। हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय शीतलपाटीबाट पुगेको टोलीले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लैजाने तयारी गरेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































