काठमाडौँ- फिल्म र टेलिभिजन दुवैमा आफ्नो अविस्मरणीय भूमिकाका लागि परिचित भारतीय अभिनेता तथा हास्य कलाकार सतीश शाहको शनिबार ७४ वर्षको उमेरमा निधन भएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनका प्रबन्धक रमेशले हालै मिर्गौला प्रत्यारोपण गराएपछि शाहको स्वास्थ्य राम्रो नभएको बताएका थिए। ‘उहाँको आज दिउँसो निधन भयो,’ रमेशले भने, परिवारले हाल अन्त्येष्टिको तयारी गरिरहेको छ।’
सन् १९५० वा १९५१ को आसपास गुजरातको मान्डवीमा जन्मिएका सतीश रविलाल शाहले पुणेको प्रतिष्ठित फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (FTII) बाट स्नातक गर्नुअघि मुम्बईको सेन्ट जेभियर्स कलेजमा आफ्नो शिक्षा पूरा गरेका थिए।
उनले २५० भन्दा बढी चलचित्रहरू र धेरै प्रतिष्ठित टेलिभिजन कार्यक्रमहरूमा अभिनय गरेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































