अब हुने प्रर्दशन हिंसात्मक नबनाउन मानव अधिकार आयोगको आह्वान

अब हुने प्रर्दशन हिंसात्मक नबनाउन मानव अधिकार आयोगको आह्वान
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रिय मानव अधिकार आयोगले विरोध प्रदर्शनलाई शान्तिपूर्ण रुपमा राख्न सरकार र आयोजकलाई आग्रह गरेको छ।
  • प्रदर्शनहरुमा हिंसा हुन नदिन सुरक्षा निकायको संयमता र प्रदर्शनकर्ताको जिम्मेवारी महत्वपूर्ण हुने बताइएको छ।
  • आयोगले जेन्जी पुस्ताले उठाएका सवालको समयमै सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले विरोध प्रर्दशनका कार्यक्रम हिंसात्मक बन्न नदिन आह्वान गरेको छ। फेरि आन्दोलन हुने बताइएपछि आयोगले आइतबार विज्ञप्तिमार्फत आन्दोलनलाई शान्तिपूर्ण बनाउन सरकार र आयोजकलाई आग्रह गरेको हो।

विगतका केही अभ्यासहरु हेर्दा प्रदर्शनहरु ध्वंशात्मक र हिंसात्मक हुन पुगेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यसप्रकारका हिंसात्मक गतिविधि नहोउन् भन्नेतर्फ सचेत रहँदै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ।

प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा हुने प्रदर्शनहरुमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हुन्छ। प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित छ । त्यसैगरी, प्रदर्शनरत पक्षले पनि आफ्ना क्रियाकलापलाई शान्तिपूर्ण बनाउने, घृणायुक्त अभिव्यक्ति नदिने र उत्तेजनापूर्ण व्यवहारलाई नियन्त्रण गर्नु पर्ने कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ । समस्याको समाधान वार्ता र संवादबाट मात्र संभव हुन्छ भन्नेमा आयोग दृढ छ । हरेक समस्याको समाधान विधिको शासन, संविधान, कानून र मानव अधिकारको मूल्य मान्यताकै आधारमा शान्तिपूर्ण रुपमा खोजिनु पर्दछ ।’

आयोगले जेनजीले उठाएका मागलाई बेलैमा सम्बोधन गर्न पनि सरकार समक्ष माग गरेको छ। ‘गत भाद्र २३ र २४ को आन्दोलनपश्चात् जेन्जी पुस्ताले उठाएका विभिन्न सवालहरुकोे समयमै उचित सम्बोधन हुनु आवश्यक छ, पोखरेलले भनेका छन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’