काठमाडौँ- स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला रू दुई हजारले घटेर रू दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला रू ३५ ले घटेर रू दुई हजार ९८० रहेको छ । आइतबार नेपाली बजारमा सुन प्रतितोला रू दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































