काठमाडौँ- अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गर्ने भएपछि किष्ट अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।
प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरु भेला भएका छन् ।
घटना कार्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ ।
अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरुको भनाइ छ । आक्रोशित आफन्तहरुले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।
तस्बिरहरू:












भर्खरै
लोकप्रिय






































































































































































































