जमैका प्रवेश गर्‍यो वर्षकै शक्तिशाली आँधी, मानवीय तथा भौतिक क्षतिको चेतावनी

जमैका प्रवेश गर्‍यो वर्षकै शक्तिशाली आँधी, मानवीय तथा भौतिक क्षतिको चेतावनी
+
-
देशसञ्चार AI सारांश
  • ‘मेलिस्सा’ आँधीले क्यारेबियन सागर हुँदै जमैकाको तटमा प्रचण्ड हावा र मुसलधारे वर्षा गराइरहेको छ।
  • क्याटगोरी-५ मा पुगेको यस विनाशकारी आँधीले जमैकामा गम्भीर मानवीय र भौतिक क्षति पुर्याउने अनुमान गरिएको छ।
  • जमैकामा जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेर विद्यालयका कक्षा अनलाइन गराई विमानस्थलहरू बन्द गरिएका छन्।

काठमाडौँ– यो वर्षको पृथ्वीकै सबैभन्दा शक्तिशाली आँधी मानिएको ‘मेलिस्सा’ क्यारेबियन सागर हुँदै जमैकाको तटतर्फ अघि बढिरहेको छ।

आँधीमा दुर्लभ मानिने क्याटगोरी-५ मा पुगेको विनाशकारी आँधीले गम्भीर मानवीय र भौतिक क्षतिको खतरा बढाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी राष्ट्रिय हरिकेन केन्द्रका अनुसार, मेलिस्साको हावा १७५ माइल प्रतिघण्टा (२९० किमि/घण्टा) सम्मको तीव्र झोक्कासहित बहिरहेको छ। मौसमविद्हरूले यसलाई जमैकामा अहिलेसम्मकै शक्तिशाली आँधी बन्न सक्ने अनुमान गरेका छन्।

यो आँधी मंगलबार बिहान जमैकामा प्रवेश गर्ने अनुमान छ। यसका बाहिरी भागहरूले अहिले नै जमैकामा प्रचण्ड हावा र मुसलधारे वर्षा गराउन सुरु गरिसकेकाे छ। सम्भावित विध्वंसलाई ध्यानमा राख्दै, सरकारले समुद्रतटीय जोखिमयुक्त क्षेत्रहरूमा अनिवार्य रूपमा सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न आदेश जारी गरेको छ।

राष्ट्रिय हरिकेन केन्द्रले आँधीले पूर्वाधारमा व्यापक क्षति पुऱ्याउन सक्ने चेतावनी दिएको छ। मेलिस्साले करिब ४० इन्च (१०१ सेन्टिमिटर) सम्म वर्षा, १३ फिटसम्मको समुद्री छाल र १६० माइल प्रतिघण्टाको गतिमा हुन्डरी ल्याउने अनुमान गरिएको छ।

यो आँधीका कारण हालसम्म क्यारेबियन क्षेत्रमा कम्तीमा ७ जनाको मृत्यु भइसकेको छ। प्राप्त विवरणअनुसार, जमैकामा तीन जना, हैटीमा तीन जना र डोमिनिकन गणराज्यमा एक जनाको ज्यान गएको छ।

जमैकाका साथै, क्युबा र दक्षिणपूर्वी बहामासका लागि पनि चेतावनी जारी गरिएको छ। अधिकारीहरूले नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।

जमैकाका प्रधानमन्त्री एन्ड्र्यू होल्नेसले आँधी आउनुअघि तयारीस्वरूप तल्लो भेगका बासिन्दालाई अनिवार्य रूपमा सुरक्षित स्थानमा सार्न आदेश दिएका छन्। त्यस्तै जमैकामा आश्रयस्थलहरू पनि खोलिएको छ। सबै सार्वजनिक विद्यालयका कक्षाहरू अनलाइनमा सारिएका छन्।

राजधानी किङ्स्टनको नर्मन म्यान्ली अन्तर्राष्ट्रिय विमानस्थल र मोंटेगो बेको स्याङ्स्टर अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्द गरिएका छन्, जसका कारण साप्ताहन्तका सबै उडान तथा सञ्चालनहरू स्थगित गरिएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’