‘चुनावमा नजाने दलहरू लक्ष्मण रेखाभन्दा बाहिर रहन्छन्’

‘चुनावमा नजाने दलहरू लक्ष्मण रेखाभन्दा बाहिर रहन्छन्’
+
-

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिनु सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको बताएका छन्।

नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल दर्ताका लागि पुगेका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले देशको वर्तमान राजनीतिक जटिलता समाधानका लागि आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न प्रतिबद्ध रहेको पनि बताए। मुलुक विषम राजनीतिक संकतबाट गुज्रिरहेको उल्लेख गर्दै उनले आउँदो निर्वाचनमा सहभागी नहुने दलहरु लक्ष्मण रेखाभन्दा बाहिर रहने टिप्पणी गरे।

उनले राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक मर्यादामा रहेर निर्वाचनमा सहभागी हुन सबै दलहरुलाई आग्रह पनि गरे।

उनले भने, ‘हामीसँग अहिले आएको दायित्वलाई जसरी पनि सम्पन्न गर्ने प्रयोजनको लागि मुलुकको वर्तमान कमजोर स्थितिमा पनि दलहरु प्रतिस्पर्धा गर्न आउँदैनन् भने हामी लक्ष्मण रेखाभन्दा बाहिर रहन्छौँ।’

उनले आगामी निर्वाचन प्रक्रियामा नागरिक, राजनीतिक दल, सरकारी निकाय र सञ्चार माध्यम सबैको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै स्वच्छ र शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाल सबैमा आग्रहसमेत गरे।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’