धान भित्र्याउने बेलामा वर्षा र हिमपात, यात्रीदेखि किसानसम्मलाई जोखिम

धान भित्र्याउने बेलामा वर्षा र हिमपात, यात्रीदेखि किसानसम्मलाई जोखिम
+
-

काठमाडौँ– पछिल्लो समय मौसममा आएको बदलीसँगै कृषकदेखि पदयात्री तथा सडक यात्रा गर्नेहरुसमेत प्रभावित हुनसक्ने जोखिम देखिएको छ। अरब सागरमा विकसित मौसमी प्रणालीले गएरातिदेखि भइरहेको वर्षा/हिमपातले अझै केही दिन प्रभाव पार्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बंगालको खाडीको चक्रवातको प्रभावले पुन: मौसम खराब हुने मौसमविद्‍ तथा विपत व्यवस्थापनमा सक्रियहरुले चिन्ता जनाएका छन्।

यो प्रणालीले गत असोजमा बाढीपहिरोले बढी क्षति पुर्‍याएका ठाउँहरुलाई पुनः प्रभावित बनाउने जोखिम बढेको छ।

अरब सागरको प्रणालीको प्रभावले हिमाली जिल्लाहरु आजैदेखि प्रभावित भएका छन्। उच्च हिमाली भेगमा ट्रेकिङका लागि पुगेका पर्यटकहरु हिमपातका कारण बाटोमै अलपत्र पर्न थालेका छन् भने सम्बन्धित जिल्ला प्रशासनहरुले ट्रेकिङका लागि नआउन सार्वजनिक सूचना जारी गरेका छन्।

मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्वलगायतका जिल्लाका उच्च क्षेत्रमा भारी हिमपात भइरहेको छ।

राष्ट्रिय विपत प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेलले अहिलेको मौसम परिवर्तनले किसान र हिमाली क्षेत्रमा ट्रेकिङका लागि निस्किएकाहरु बढी प्रभावित हुन सक्ने बताए।

उनले भने, ‘वर्षाले प्रभावित हुन सक्ने र भारी वर्षाको सम्भावना भएकाले अहिले धान थन्क्याउने समयमा किसानहरु बढी प्रभावित हुने जोखिम देखिन्छ।’

उनले लामो यात्रा र उच्च हिमाली भेगमा पुगेकाहरुले जोखिम लिनु नहुने बताए। पोखरेलले भने, ‘अहिले ट्रेकिङको समय छ। धेरै पदयात्रीहरु हिमाली भेगतर्फ लागेका छन्। यस्तोमा उनीहरु बाटोबाटै फर्किनु उचित हुन्छ। अहिले जोखिम लिनु ठीक हुन्न।’

साथै उनले विपतको समयमा सबै मिलेर कृषकलाई सहयोग गरेर दुई दिनभित्रमा पाकेको धानलाई ओत भएको स्थानमा ल्याउनु पर्ने र काटिसकेको धानलाई समेत सुरक्षित गर्नुपर्ने बताए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’