‘बाल क्लब गठन र दर्ताका लागि गाउँपालिका साझेदारी गर्न तयार’

‘बाल क्लब गठन र दर्ताका लागि गाउँपालिका साझेदारी गर्न तयार’
+
-

हुम्ला – खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बाल क्लब गठन र दर्ताका लागि सहयोगी निकायसँग गाउँपालिका साझेदारी गर्न तयार रहेको बताएका छन्। गाउँपालिकामा जनप्रतिनिधिका लागि आयोजित बालअधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रममा अब विधि र प्रक्रियाअनुसार बालक्लव गठन र सञ्चालन गर्ने गरी काम भए गाउँपालिका लागत साझेदारीसहित काम गर्न तयार रहेको बताए।

गाउँपालिका बालबालिकाका क्षेत्रमा काम गर्न तयार भएको र यसको सुरुवात चालु आर्थिक वर्षबाट गरिए पनि बाल अधिकारबारे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण गरिएको छ।
बालअधिकार र यसको संरक्षण, बाल क्लव गठन, यसका किसिम, पदाधिकारीको काम, कर्तव्य र अधिकारबारे प्रष्ट पार्दै सञ्चारकर्मी राजन रावतले सहजीकरण गरेका थिए।

कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर शाही, प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, वडा नम्बर १ का वडाध्यक्ष जयबहादुर शाही, ३ का चन्द्र रावल, ४ का रंगमित शाही, कार्यपालिका सदस्य र पाँच वटै माविका प्रधानाध्याक तथा शिक्षक र बाल क्लवका सदस्यलगायत सहभागी थिए।
गुड नेवर्स इन्टरनेस्नस नेपालको आथिक सहयोग र किडार्क नेपालको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’