चोरी र लुटपाटको अभियोगमा पाँच जना पक्राउ

चोरी र लुटपाटको अभियोगमा पाँच जना पक्राउ
+
-

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले उपत्यकाका विभिन्न स्थानमा सुनका सिक्री चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पाँच जनाविरुद्ध आठ दिनको म्याद थप गरेको छ। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले नियन्त्रणमा लिई जिल्ला अदालतमा उपस्थित गराएको थियो।

म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार उक्त प्रकरणमा सिन्धुली, हरिहरगढी गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ स्थित तिनधारेमा डेरा गरी बस्ने २८ वर्षीय राज लामा, उदयपुर, ताप्ली गाउँपालिका–४ घर भई भक्तपुर, बस्ने २० वर्षीय विशाल भन्ने दुर्गबहादुर मगर, रामेछाप, लिखु तामाकोसी गाउँपालिका–६ घर भई भक्तपुर, चाँगुनारायण नगरपालिका–२ सल्लाघारीमा श्रीलक्ष्मी ज्वेलर्स सञ्चालन गर्ने ३२ वर्षीय दिलबहादुर विक, बागलुङ, गल्कोट नगरपालिका–२ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–६ सरस्वतीनगर स्थित बागलुङ कालिका ज्वेलर्सका सञ्चालक ४० वर्षीय गोविन्द सुनार, कैलाली लम्कीचुहा नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–२२ बस्ने २२ वर्षीय दिपेश रसाइली छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’