विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार

विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार
+
-
देशसञ्चार AI सारांश
  • अमेरिकासँग ४ विकेटको हार बेहोरेपछि नेपाल आइसिसी विश्वकप क्रिकेट लिग-२ मा लगातार तेस्रो पटक पराजित भयो।
  • दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रन बनाउँदा, कुशल भुर्तेल र भीम सार्कीले क्रमशः ४७ र ४३ रन बनाए।
  • अमेरिकाका हर्मित सिंहले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए, शौरव नेत्रभास्कर र नोस्थुस केन्जीङ्गले २ विकेट झारे।

काठमाडाैँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुवईमा जारी त्रिकोणात्मक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। अमेरिकाले नेपालमाथि ४ विकेटको जित निकाल्दै लगातार दोस्रो जित आत्मसात् गर्‍याे। नेपालको यो जारी सिरिजमा लगातार तेस्रो हार हो। लगातारको हारसँगै नेपालमाथि झनै दबाब बढेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम बल बाँकी हुँदा आफ्ना सम्पूर्ण विकेट गुमाएर २ सय ७१ रन बनाएको थियो। जवाफमा अमेरिकाले २ सय ७२ रनको लक्ष्य ६ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गर्‍याे ।

अमेरिकाका लागि साइतेजा मुकमल्लाले ७५ रन बनाउँदा मिलन्ड कुमारले ७० रन बनाएका थए। त्यस्तै शायन जहांगरले ३६ रन बनाउँदा स्मित पटेलले १६ रन बनाए। उसका लागि पछिल्लो क्रममा आएका शुभंम रनजनीले १९ रन बनाउँदा सन्जय कृष्णमुर्तीले १५ रनको अविजित इनिङ खेले। उनलाई हर्मित सिंहले १३ रनमा अविजित साथ दिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ७५ रन बनाउनु सर्वाधिक रह्यो। उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै कुशल भुर्तेलले ६५ बलमा ४७ रन बनाउँदा समान २ चौका र २ छक्का प्रहार गरे। उनीबाहेक भीम सार्कीले ४३ रन बनाएका थिए। त्यस्तै कप्तान रोहित पौडेलले ३६ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा करण केसीले ४९ रन बनाए।

अमेरिकाका लागि हर्मित सिंहले ३ विकेट लिंदा शौरव नेत्रभास्कर र नोस्थुस केन्जीङ्गले २–२ विकेट लिए। त्यस्तै जसदीप सिंह र शुभंम रञ्जनीले १–१ विकेट लिए। शीर्ष क्रममा सार्की र भुर्तेलबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो। त्यस्तै पाँचौ विकेटका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ८९ रनको साझेदारी गरेका थिए। प्रतियोगितामा नेपाल लगातार दुई खेलमा पराजित भएकाले आजको खेलमा जित निकाल्नुपर्ने चुनौती रहेको छ।

नेपालले अमेरिकासँग पहिलो खेलमा १ सय ६ रनको हार बेहोर्दा दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो। ८ टोलीको सहभागिता रहेको लिग टु को अंक तालिकाको अमेरिका शीर्ष स्थानमा रहँदा नेपाल सातौं र युएई पुछारमा छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’