काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले आफूहरुले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्न नसकेको बताएका छन्।
मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरुको पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको बताएका हुन्।
हाल नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको उनको भनाइ छ। केही नेताहरुको लागि पार्टीहरु भए पनि जनता र जेनजीको नजरबाट हेर्दा पार्टीहरु विघठित भइसकेको उनले बताए।
उनले जेन–जी युवाहरुको भावना विपरीत भ्रष्टाचारका मुद्दा लागेका नेताहरु टाउकोमा कल्की झुन्डाएर ठूलो पदमा पुगेको बताउँदै एकताको स्वाङ गरिरहेको आरोप लगाए।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































