-  सभामुख देवराज घिमिरेले निष्पक्षता कामय राख्नकै लागि संसद विघटनविरुद्ध आफैँ अदालत नगएको स्पष्ट पारे।
 -  उनले सांसदको हैसियतमा मात्रै अदालत जान सकिने भए पनि सभामुख भएका कारण उपयुक्त नभएको ठहर गरे।
 - दलहरू अझै अदालत जान तयार छन् भने आफूले विवादभन्दा न्यायको पक्षमा बोल्न समयमै तयारी गरेको बताए।
 
काठमाडौँ – सभामुख देवराज घिमिरेले संसद विघटनविरुद्ध आफैँ अदालत नजानुको कारण खोलेका छन्।
मंगलबार पत्रकारहरुसँग आफ्नै कार्यकषमा कुराकानी गर्दै घिमिरले निष्पक्षता कामय गर्नुपर्ने भएकाले आफैँ विवाद लिएर अदालत नगएको बताएका हु्न्।
उनले सांसदको हैसियत मात्रै अदालत जान सकिने भए पनि सभामुख नै भएकाले आफूले प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा हाल्न उपयुक्त नभएको निष्कर्षमा पुगेको उल्लेख गरे।
सभामुख घिमिरेले भने, ‘सांसद मात्रै भएको भए अदालत जान सक्थे। तर सभामुख भएका कारणले प्रतिनिधिसभा विघटनविरुद्ध अदालत गइन्। सभामुख पद निष्पक्षता कामय गर्ने पद भएकाले आफैँ अदालत गइन्।’
उनले दलअरु अझै अदालत जाने तयारीमा रहेको जानकारी आफूले बताएको बताए। विघटन विरुद्ध परेका रिटमा आफूलाई विपक्षी बनाएकाले त्यसैमार्फत आफ्ना कुरा राख्ने तयारीमा रहेको जानकारी दिए।
‘सुनेसम्म दलहरु अझै पनि अदालत जाने तयारीमा छन्। उनीहरु गए भने म जानु पर्छ कि पर्दैन ? भन्ने कुरा छ। बहुमत दलहरु जाँदा म पनि थपिए भने विवाद भन्दा पनि न्याय ठूलो हुन्छ। सभामुख आफैँ प्रत्यार्थी हुने भएकाले विगतको अभ्याससमेत हेर्दा नजानु उपयुक्त ठाने, घिमिरेले भने।
विघटनविरुद्ध आफैँ अदालतमा रिट लिएर जाने विषयम सभामुख घिमिरेले विभिन्न पक्षसँग छलफल गरेका छन्। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, नेपाल बार यशोसियशन, महान्यायाधीशवक्ता सविता भण्डारी, नेपाल बारका पूर्व पदाधिकारी, कानुनका ज्ञातालगायतसँग उनले सघन छलफल गरेका थिए। छलफलका क्रममा अधिकांशले सभामुखलाई प्रष्ट सुझाव नदिएपछि उनी हच्किएका हुन्।
जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसविरुद्ध कानुन व्यवसायीहरुले १६ वटा रिट निवेदनहरु दर्ता गरेका छन्। त्यसमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले बाटोको म्यादबाहेक सात दिनभित्र कारण पेश गर्न आदेश दिएको छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































