- एलेक्सिस म्याक अलिस्टरको समयमा गोलले लिभरपुललाई रियल म्याड्रिडमाथि १-० को निर्णायक जित दिलायो।
- बायर्न म्युनिखले लुइस डायजका दुई गोलको सहायताले पीएसजीलाई २-१ ले पराजित गर्यो।
- आर्सनलले स्लाभिया प्रागमाथि ३-० को जित दर्ता गर्दा युभेन्टस स्पोर्टिङसँग १-१ को बराबरीमा रोकियो।
युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस जायन्ट लिभरपुलले स्पेनिस लालिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडलाई १-० ले पराजित गरेको छ। त्यस्तै साविक च्याम्पियन पिएसजीलाई वार्यनम्युनिखले हराउन सफल भयो।
मंगलबार राति एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक अलिस्टरको दोस्रो हाफमा गरेको एकमात्र गोल लिभरपुलको जितमा निर्णायक बन्यो। उनले ६१औं मिनेटमा डिबक्स बाहिर पाएको फ्रिकीकमा ट्रेन्ट एलेक्ज्यान्डर–अर्नोल्डको पासलाई अलिस्टरले आकर्षक हेड गर्दै टिमलाई अग्रता दिलाए।
रियलका स्टार स्ट्राइकर किलियन एमबाप्पे र भिनिसियस जुनियरलाई लिभरपुलको रक्षात्मक संयोजनले पूर्ण रूपमा रोक्न सफल भयो। दुवैले खेलभरि ठूला अवसर सिर्जना गर्न सकेनन्। लिभरपुलले भने पहिलो तथा दोस्रो हाफमा निरन्तर गोलका मौका सिर्जना गरेको थियो। यो जितसँगै लिभरपुलले समूह चरणमा आफ्नो स्थिति बलियो बनाउन सफल भएको छ। प्रिमियर लिगमा खराब प्रदर्शनले आजित लिभरपुलका लागि यो खेल निकै अर्थपूर्ण थियो।
त्यस्तै अर्को खेलमा लुइस डायजले दुई गोल गर्दा वायर्न म्युनिखले पेरिस सेन्ट-जर्मेन (पीएसजी) माथि २-१ को जित हासिल गरेको छ। डायजले चौथो र ३२औं मिनेटमा गोल गरेपछि बायर्नले यो सिजनको लगातार १६औं जित दर्ता गर्न सफल भयो। तर, पहिलो हाफको अन्त्यतिर अक्रामक फाउलका कारण उनलाई रातो कार्ड देखाइएको थियो।
पीएसजीका हाकिमी चोटका कारण मैदानबाट बाहिरिंदा उस्मान डेम्बेले पनि पहिले नै प्रतिस्थापित भएका थिए। पीएसजीका लागि जोआओ नेभेसले ७४औं मिनेटमा एक गोल फर्काए, तर बराबरीका लागि पर्याप्त भएन्। यो जितसँगै बायर्नले समूह चरणमा आफ्नो अपराजित यात्रा कायम राख्दा पीएसजीले भने पहिलो हार भोगेको छ।
त्यस्तै अन्य खेलमा आर्सनललले स्लाभिया प्रागलाई ३-० ले हराउँदा एट्लेटिको म्याड्रिडले युनियन सेन्ट जिलोइसलाई ३-१ ले पाखा लागायो। अन्य खेलमा मोनाकोले ग्लिमिटलाई १-० ले हराउँदा युभेन्टस स्पोर्टिङ सिपीसँग १-१ को बराबरीमा रोकियो। त्यस्तै टोटेनह्यमले कोपेनहेगनलाई ४-० ले हरायो।

भर्खरै
लोकप्रिय






































































































































































































