एमालेप्रति संकेत गर्दै झाक्रीले भनिन्,‘विचार र सिद्धान्त मिल्नेसँग एकतावद्ध हुने नै हो’

एमालेप्रति संकेत गर्दै झाक्रीले भनिन्,‘विचार र सिद्धान्त मिल्नेसँग एकतावद्ध हुने नै हो’
+
-

काठमाडौँ- नेकपा (एकीकृत समाजादी) की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)मा नै एकतावद्ध हुने पक्षमा आफूहरु रहेको बताएकी छन् ।

बुधबार काठमाडौँमा आफ्ना समूहका नेताहरुसहित पत्रकार सम्मेलन गरी उनले एमालेप्रति संकेत गर्दै आफूहरू त्यसै एकतावद्ध हुने बताएकी हुन् ।

उनले बोल्नु अघि नै नेता कृष्णकुमार श्रेष्ठले आफूहरु एमालेमा विना शर्त फर्कने बताएकी हुन् । सोही भनाईप्रति संकेत गर्दै उनले विचार र सिद्धान्त मिल्ने पार्टीमा आफूहरु एकतावद्ध हुने बताइन् । कर्ताहरुलाई पनि आफूहरु उभिएको ठाउँमा एकतावद्ध भएर उभिन आह्वान गरिन् । नयाँ पार्टीहरुले केही पनि गर्न नसक्ने कुरा जेनजी आन्दोलनले पनि देखाएको उल्लेख गर्दै उनले आफूहरु रुपान्तरित भएर अघि बढ्नुपर्ने बेला आएको बताइन् ।

उनले भनिन्,‘हामीले विचार र सिद्धान्त मिल्ने पार्टीमा हामी एकतावद्ध हुने नै हो । किसान दाईले त फोरकाष्ट गरिहाल्नुभयो । एकतावद्ध हुने नै हो । त्यसो गर्दा हामीले कम्तिमा रुपान्तरित हिसावले हामी जाउ । हामी पनि रुपान्तरण हुन आवश्यक छ भन्ने कुरा छ । हाम्रो यात्रा अवरुद्ध छ । हाम्रो पार्टी विघटन भएको छ । नयाँ बाटोको लागि हामीले केही कुरा देशैभरी नेकपा (एकीकृत समाजवादी)को नाममा संगठित हुनु भएका वडा तहदेखि केन्द्रिय कमिटीसम्म, विभिन्न संगठनदेखि जनवर्गीय संगठनसम्म सबै साथीहरुलाई एकतावद्ध भएर हामी उभियौं । हामीले हाम्रो नेतृत्वमा भयंकर ठूलो पार्टी बनाउँछौ भनेर दाबी गरिरहेका छैनौँ । हामीलाई आज यो लागिरहेको होइन । त्यसकारण समाजवादी पार्टीमा संगठित सबै साथीहरु यो एउटा सन्देश दिन चाहन्छौ कि पार्टी विहिन अवस्थामा भयौ नि त । अब एक घण्टा पछि पार्टी विहिन भईसकेपछि हामी पार्टी बिहिन मान्छेहरु के गर्छौ भन्ने सन्दर्भमा देशभरका साथीहरुका लागि हामी एक ठाउँमा उभियौ । हामीले एकदम राम्रो दृष्टिगोचर गरौं । र क्षितिज पारी उज्यालो छ भन्ने देखेरै हामीले सामूहिक पाईला अगाडि बढाउने छौं । त्यो बाटोबाट जाउ । देशभरीका साथीहरुलाई विचलित नहुनुहोस । अहिले पार्टी भत्कियो, परिवार भत्कियो । अहिले सब चिज यो भत्किएको बेला हामीले निर्माण गर्ने हो ।’

नेतृ झाँक्रीले नयाँ पार्टीहरुले मुलुकमा केही पनि गर्न नसक्ने कुरालाई सबैले आत्मासात गरेर अघि बढ्नुपर्ने पनि बताइन् ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’