- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काठमाडौँको नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरे।
- काठमाडौँका मुख्य १९ स्थानमा नि:शुल्क इन्टरनेट सेवा शुरुआत भइसकेको र दुर्गम क्षेत्रमा विस्तार जारी छ।
- नेपाल दूरसञ्चार प्राधिकरणले संवेदनशील र महत्वपूर्ण स्थलहरूमा निःशुल्क वाइफाइ सेवा विस्तार गरेको जानकारी दिएको छ।
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन्।
काठमाडौँ उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइका पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गर्नुभएका सञ्चारमन्त्री खरेलले बुधबार नयाँबसपार्क पगी सेवा शुभारम्भ गरेका हुन्।
सो अवसरमा उनले नयाँबसपार्कसहित काठमाडौँ उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए। जेनजी आन्दोलनपछि मन्त्रीमा नियुक्ति भएसँगै उनले पहिलो निर्णय देशभरका मुख्य सहरमा नि:शुल्क इन्टरनेट सेवा पुर्याउने निर्णयमा हस्ताक्षर गरेका थिए।
उक्त निर्णयअनुसार काठमाडौँका मुख्य स्थानका १९ ठाउँममा इन्टर नि:शुल्क इन्टरनेट सेवा सुरु भइसकेको छ। खरेलले सरकारले राजधानी काठमाडौँसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्नेक्रममा काम गरिरहेको जानकारी दिए। “दार्र्चुला, बझाङ, जाजरकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पुर्याइसकेका छौँ, सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायतका कमजोर नेटवर्क भएका ठाउँमा प्रभावकारी इन्टरनेट सेवा पुर्याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ”, उनले भने।
सञ्चार सचिव राधिका अर्यालले सूचना प्रविधिको क्षेत्रमा भएको विकास, स्रोतसाधन र सेवाग्राहीको मागलाई समेत दृष्टिगत गरी देशभर इन्टरनेटको क्षमता विस्तार गर्ने बताए।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले सञ्चार मन्त्रालयको निर्देशनअनुसार नयाँ बसपार्क, काठमाडौँस्थित विभिन्न ठूला अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थललगातयका संवेदनशील एवं महत्वपूर्ण स्थलहरूमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार गरिएको जानकारी दिए।

भर्खरै
लोकप्रिय






































































































































































































