काठमाडौँ– आठ दलको एकताको विरुद्धमा रहेका नेकपा एकीकृत साजमावादीका सम्मानित नेता झलनाथ खनाल एकता सभामा पुगेका छन्।
भृकुटीमण्डमा एकता सभा चलिरहेको समयमा उनी कार्यक्रम स्थल पुगेका हुन्। उनी कार्यक्रम स्थल पुगेपछि सहभागीहरूले हुटिङ गरेर स्वागत गरेका थिए।
नेता खनालले आफ्नो पार्टी नेकपा एसले माओवादीलगायत आठ दलसँग एकता गर्ने निर्णयको विरोध गरेका थिए।
उनी के एकताको पक्षमा फर्किएका हुन् भन्ने खुल्न बाँकी छ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

भर्खरै
लोकप्रिय






































































































































































































