एनआईसी एशिया बैंकका नवनियुक्त सीईओ शाक्यद्वारा पदभार ग्रहण

एनआईसी एशिया बैंकका नवनियुक्त सीईओ शाक्यद्वारा पदभार ग्रहण
+
-
देशसञ्चार AI सारांश
  • सुजितकुमार शाक्यलाई एनआईसी एशिया बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरिएको छ।
  • शाक्यले बैंक अफ एशिया नेपाल लि. र एनआईसी बैंक लि.को मर्जर प्रक्रियामा उल्लेखनीय भूमिका खेलेका थिए।
  • उनलाई बैंकिङ्ग क्षेत्रमा तीन दशकभन्दा बढी समयको अनुभव र विश्लेषण क्षमताका कारण नियुक्ति दिइएको हो।

काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेडले सुजितकुमार शाक्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा पदभार ग्रहण गराएको छ। उनी हालै सम्पन्न सञ्चालक समितिको ७३६ औँ बैठक (मिति २०८२/०७/१७) को निर्णय अनुसार नियुक्त भएका हुन्।

तीन दशकभन्दा बढी समयदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट योगदान पुर्‍याउँदै आएका शाक्य भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श (बीकम) र लखनऊस्थित इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्टबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) उत्तीर्ण गरेका हुन्।

उनी सन् १९९६ मा तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए। त्यसपछिका वर्षहरूमा हिमालयन बैंक लि., लक्ष्मी बैंक लि., र बैंक अफ एशिया नेपाल लि.मा विभिन्न नेतृत्वस्तरीय जिम्मेवारीहरू सम्हालेका थिए। विशेषगरी, बैंक अफ एशिया नेपाल लि. र एनआईसी बैंक लि.को मर्जर प्रक्रियामा उनी महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। मर्जरपछि बनेको एनआईसी एशिया बैंकमा सहायक महाप्रबन्धकको रूपमा कर्पोरेट बैंकिङ्ग प्रमुख भएर काम गरेका थिए।

सिभिल बैंक लि., जनता बैंक लि., ग्लोबल आईएमई बैंक लि.मा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा अनुभव हासिल गरेका श्री शाक्यज्यू नियुक्त हुनुअघि नबिल बैंक लि.मा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।

एनआईसी एशिया बैंकले प्रमुख कार्यकारी अधिकृत श्री शाक्यज्यूको स्पष्ट रणनीतिक दृष्टिकोण, विश्लेषण क्षमता र लामो अनुभवका कारण बैंकले थप सबल, गतिशील र परिणाममुखी अभ्यास गर्दै नयाँ उपलब्धिहरू हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’