काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको सुन्दरहरैंचा नगरपालिकाले गछिया खोला उत्खनन् ठेक्का लगाउँदा कर छली भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार मूल्य अभिवृद्धि कर (भ्याट) कट्टी नगरी अनियमितता गरेको भन्दै संलग्न कर्मचारी र ठेकेदार कम्पनीका सञ्चालक विरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सुन्दरहरैंचा नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा गछिया खोलामा नदीजन्य पदार्थ उत्खनन् कार्यका लागि स्वामिनारायण निर्माण सेवा प्रालिसँग ९ करोड ५१ लाख ५१ हजार १५१ मा ठेक्का सम्झौता गरेको थियो।
सम्झौता अनुसार निर्माण सेवाले आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने एक करोड २३ लाख ६९ हजार ६४९ भ्याट दाखिला नै नगरी नगरपालिकाबाटै भुक्तानी लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
नगरपालिकाका तत्कालीन लेखा अधिकृत तथा अन्य कर्मचारीहरूले गलत व्यहोराू खुलाई नेपाल सरकारलाई हानि पुर्याउने बदनियतले पत्र लेखेको दाबी छ। त्यस्तै आयोगले स्वामिनारायण निर्माण सेवा प्रालि धरान र प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेत लाई प्रतिवादी बनाइएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































