- सिमकोट गाउँपालिकामा पहिलो अध्यक्ष कप प्रतियोगिता सुरु भई सात विद्यालयको विद्यार्थीले उद्घाटनका दिन मार्च पास गरे।
- विभिन्न खेलहरूमा छात्र र छात्राका अलग-अलग प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछन्।
- प्रतियोगिताका लागि आर्थिक सहयोग गाउँपालिकाले गरेको हो, आयोजनामा रामदेव माविको भूमिका थियो।
हुम्ला – सिमकोट गाउँपालिकाका माध्यमिक विद्यालयस्तरीय प्रथम अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नहुने भएपछि सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले सो कपको उद्घाटन गरेका हुन्।
गाउँपालिकास्तरीय पहिलो अध्यक्ष कप प्रतियोगिता सुरु भएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले बताए।
अध्यक्ष भण्डारीले पानसमा दिप प्रज्वलन गर्दै ब्यानर बाचन गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए। पहिलो दिन सहभागी सात वटै विद्यालयका विद्यार्थीले मार्च पास गरेका थिए। यसका लागि गाउँपालिकाका सात वटै माध्यमिक विद्यालयको सहभागिता रहेको छ। जसमा सैपाल हिमाल मावि, कर्णाली मावि, कैलाश मावि, मानसरोवर मावि, बालमन्दिर मावि, रलिङ मावि र रामदेव मावि छन्।
ट्राक, फिल्ड र भलिबल गरि तेह्र वटा खेलहरु हुनेछन। ती सवै खेलमा छात्रा र छात्रबिच छुट्टा छुट्टै प्रतियोगिता सञ्चालन गरिनेछ। यी सवै प्रतियोगितामा सहभागी सवै माविले प्रतिस्पर्धा गर्नेछन। प्रतियोगिता आजबाट २९ गतेसम्म सञ्चालन हुनेछन्।
प्रतियोगिताका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने आयोजना रामदेव माविले गरेको छ। उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, उपाध्यक्ष सुशीला रोकाया भाम, जिल्ला समन्वय समितिका प्रबक्ता सरिता रावत, राजनीतिक दलका नेताहरुमा नेपाली काँग्रेसका कावा सभापति कैलाश भण्डारी, एमाले सचिव तिर्थराज बोहरा, नेपाली कम्युनिष्ट पार्टी हुम्लाका सचिव धर्मरज बोहरा, रास्वपा अध्यक्ष नरजित दमाई, राप्रपा अध्यक्ष बिकास महतलगायत सहभागी थिए।

भर्खरै
लोकप्रिय






































































































































































































