भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण
+
-

खाँदबारी- भोटखोला गाउँपालिका- १ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र प्रहरी बलले न्यानो कपडा वितरण गरेको छ ।

चैनपुरस्थित- ४ अरुण गुल्मको आयोजनामा सीमावर्ती क्षेत्र किमाथाङ्कामा शुक्रबार आयोजित कार्यक्रममा ३० विद्यार्थीलाई न्यानो लत्ताकपडा वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सृजना थपलिया, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकहरूको उपस्थितिमा विद्यार्थीलाई जाडोमा सहजताका साथ विद्यालय आउनजान सहयोग पुग्ने उद्देश्यले कपडा वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी थपलियाले सशस्त्र प्रहरी बल केवल सुरक्षाकर्मीमात्र होइन, समुदायसँग जोडिएर सामाजिक उत्तरदायित्व वहन गर्दै आएकाले यस्तो अभियानले स्थानीयमा सुरक्षाप्रतिको विश्वास र आत्मीयता बढाएको बताए ।

स्थानीयवासीले पनि सशस्त्र प्रहरीले सञ्चालन गर्ने सामुदायिक सेवा कार्यक्रमले सीमावर्ती बस्ती र सुरक्षा निकायबीचको सम्बन्ध थप सुदृढ भएको प्रतिक्रिया दिएका छन् ।

सशस्त्र प्रहरी बलले देशका दुर्गम तथा सीमावर्ती क्षेत्रमा अध्ययनरत विद्यार्थी, विपन्न परिवार र विपद्पीडित नागरिकका लागि नियमित रूपमा राहत तथा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’