ताँजाकोट गाउँपालिकाका अधिकांश विद्यालयमा पक्की भवन

ताँजाकोट गाउँपालिकाका अधिकांश विद्यालयमा पक्की भवन
+
-
देशसञ्चार AI सारांश
  • ताँजाकोट गाउँपालिकाका विद्यालयहरूमध्ये धेरैमा भूकम्प र पहिरोबाट सुरक्षित पक्की भवन निर्माण गरिएको छ।
  • नयाँ पक्की भवनहरूले पढाइ सुचारु गरेपछि, अझै केही विद्यालयमा पक्की भवन आवश्यकताको दबाब छ।
  • संघीय, प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा २६ पक्की भवन र छुट्टाछुट्टै शौचालयहरू निर्माण गरीएको छ।

हुम्ला – जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका अधिकांश विद्यालयमा पक्की भवन निर्माण भएर पढाइ सञ्चालन हुँदै आएको छ। गाउँपालिकाको अधिकांश क्षेत्र भूकम्प र पहिरोको उच्च जोखिम भएका कारण गाउँपालिकाको प्रयासमा ती पक्की भवन निर्माण गरेर सञ्चालनमा आएका हुन्।

गाउँपालिका क्षेत्रभरिको जमिन भूकम्प र पहिरोको उच्च जोखिम भएकाले सबैतिर हार गुहार गरेर बजेटे ब्यवस्था गरी नयाँ पक्की भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए।

यी पक्की भवन निर्माण भई पढाइ सुचारु हुन थालेपछि चिन्ता लाग्न हटेको र अझै केही विद्यालयमा पक्की भवन निर्माण गर्न बाँकी रहेको कारण त्यसका लागि बजेटे ब्यवस्था गर्नुपर्ने बाध्यता गाउँपालिकालाई छ। यी विद्यालयमा नयाँ पक्की भवन अहिलेकै जनप्रतिनिधिको कार्यकालमा निर्माण पूरा गरिने अध्यक्ष जैसीले बताए।

उक्त गाउँपालिकामा प्रावि, आधारभूत र मावि गरी सोह्र वटा विद्यालय सञ्चालनमा आएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख जयरुद्ध ढकालले जानकारी दिए।

उनका अनुसार हालसम्म पक्की भवन निर्माण भएका विद्यालयमा धर्मोदय मावि, जनप्रकाश मावि, चन्द्र प्रकाश मावि, मदानादेव मावि, क्षेत्रपाल आवि, रामदेव आवि, बुद्धि विकास प्रावि, कालिका प्राविलगायत विद्यालयमा पूर्ण रुपमा पक्की भवनबाट पठनपाठन हुने गरेको छ।

यी विद्यालयमा २६ वटा पक्की भवन निर्माण गरिएका छन्। यी पक्की भवनका साथै छात्रा र छात्रका लागि छुट्टाछुट्टै शौचालय पनि निर्माण गरिएका छन्। नयाँ भवन सङ्घीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा निर्माण गरिएका हुन। नब्बे लाखदेखि डेढ करोडसम्म बजेट भवन निर्माणका लागि लागत लागेको गाउँपालिकाले जनाएको छ।

ताँजाकोट गाउँपालिका ६२ दशमलव पाँच प्रतिशत विद्यालयका भवनहरु पक्की निर्माण गरेर जिल्लामा सबैभन्दा बढी पक्की भवन निर्माण गरेर पठनपाठन सुचारु गर्ने पहिलो गाउँपालिका भएको छ।

अब ६ वटा विद्यालयमा भवन नयाँ भए पनि ढुङ्गा, माटो र जस्तापाताले छापेका सुरक्षित भवन भएको तर भूकम्पप्रतिरोधी भवन भने छैनन्। अब यी विद्यालयमा पनि चाँडै पक्की भवन निर्माण गरिने तयारी गाउँपालिकाले सुरु गरेको जनाएको छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’