छोराले अपचलन गरेको लाखौं रकम तिराउन खोज्दा प्रदेश सांसद मगरले विथोल्न खोजिन् सहकारीको साधारण सभा

छोराले अपचलन गरेको लाखौं रकम तिराउन खोज्दा प्रदेश सांसद मगरले विथोल्न खोजिन् सहकारीको साधारण सभा
+
-

झापा- शनिश्चरे सेवाकेन्द्रका कर्मचारी रहेका छोरा अशेष थापा मगरले अपचलन गरेको लाखौ रकम स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले तिराउन खोज्दा प्रदेश सांसद कमला थापा मगरले साधारण सभा बिथोल्न खोजेकी छन् ।

बिर्तामोडको अग्रसेन भवनमा सोमवार आयोजित स्वरोजगार भवानी साकोसको १७ औं वार्षिक साधारण सभाको प्रमाणीकरण सभा र छैठौं निर्वाचन कार्यक्रमलाई नेकपा एमालेबाट कोशी प्रदेश सांसद बनेकी कमला थापा मगरले बिथोल्न खोजेकी हुन् ।

सहकारीका अध्यक्ष केशब बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दैगर्दा उनले कार्यक्रमस्थलमा होहल्ला गर्दै माइक खोस्ने प्रयास गरेकी थिइन् । उनले कार्यक्रम बिथोल्न खोज्दा कार्यक्रमका सहभागी र प्रहरीले रोकेका थिए । अमर्यादित काम गरेपछि कार्यक्रमका सहभागी र प्रहरीले अग्रसेन भवनबाट प्रदेश सांसद मगरलाई बाहिर निकालिदिए ।

प्रदेश सांसदका छोरा अशेष थापा मगर स्वरोजगार भवानी साकोसको शनिश्चरे सेवाकेन्द्रका प्रवन्धक रहेका थिए । त्यहाँ कार्यरत रहेका बेला उनले ६७ लाख ८० हजार रुपैयाँ अपचलन गरेको अध्यक्ष बस्नेतले बताए । त्यस्तै उनले फर्जी ऋणी खडा गरी साढे १८ लाख रुपैयाँ हिनामिना गरेको बताइएको छ ।

सो हिनामिनाका बारेमा सहकारीले अशेषकी आमा प्रदेश सांसद कमला थापा मगरलाई जानकारी गराएको थियो । हिनामिना रकमका सम्बन्धमा प्रदेश सांसद मगरले बिर्तामोड ६ को स्यालडाँगीमा रहेको साढे १८ धुर जग्गा सहकारीलाई राजीनामा पास गरिदिएकी थिइन् । त्यसको मूल्यांकन ३७ लाख रुपैयाँ भएको बताइएको छ । बाँकी रकमको लागि अर्को जग्गा धितो राखेर कमलाका छोरा बुहारीले कागज गरिदिएका थिए । तमसुक गरेको रकममध्ये १२ लाख रुपैयाँ किस्ता किस्तामा उनीहरूले तिरिसकेको र बाँकी रकम तिर्नुपर्ने अवस्थामा सहकारीसंग प्रदेश सांसद मगरको विवाद सुरु भएको हो ।

आफ्नो जग्गा फिर्ता गर्नुपर्ने र बाँकी रकम नतिर्ने मगरले अडान लिएपछि उत्पन्न विवाद कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीदेखि सभामुख देवराज घिमिरेसम्म पुगेको थियो । नेकपा एमाले जिल्ला कमिटी, मुख्यमन्त्री कार्की, पूर्व मुख्यमन्त्री शेरधन राई, सहकारी रजिष्ट्रार कार्यालय, सभामुख घिमिरेसमक्ष विवाद पुगेर छलफल हुँदासमेत विवाद मिल्न नसकेको बताइएको छ ।

पछिल्लो समय जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमकुमार कोइराला संयोजक तथा तुलाराम न्यौपाने, सिए श्रीप्रसाद निरौला, संजय ढकाल र गजेन्द्र पौडेल सदस्य रहेको छानबिन समिति बनेको थियो । सो समितिले छानबिन प्रतिवेदन तयार गरेको थियो । तर त्यसलाई प्रदेश सांसद मगरले कार्यान्वयन गर्न नमान्दा विवाद यथावत रहेको जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले बताए ।

सांसद मगरले सहकारी मन्त्रालयमा दिएको निवेदनका आधारमा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवा सुनसरीले सहकारी संस्थाको साधारण सभा रोक्न निर्देशन दिएको थियो । पुष २६ गते रजिष्ट्रार कार्यालयले पठाएको पत्रलाई लिएर उनले साधारण सभा बिथोल्न खोजेकी हुन् । तर उनी असफल बनिन् ।

सबै इकाइगत साधारण सभा सम्पन्न भइसकेर प्रमाणीकरण सभा रोक्न नमिल्ने भन्दै जिल्ला सहकारी संघका अध्यक्ष ढकालले प्रदेश रजिष्ट्रार कार्यालयले पत्र पठाउँदैमा सहकारी ऐन नियमावलीविपरित कार्यक्रम रोक्न नसकिएको बताए । उनले जिल्ला सहकारी संघको सल्लाहमा कार्यक्रम गरिएको बताउँदै रजिष्ट्रार कार्यालयलाई त्यसको जवाफ पठाउने जानकारी दिए । उनले प्रदेश सांसद मगरको अराजक शैलीप्रति घोर आपत्ति जनाए ।

त्यस्तै जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले मगरको गलत हर्कतप्रति खेद व्यक्त गर्दै सांसदले मर्यादाबाहिर गएर हर्कत देखाएको टिप्पणी गरे । त्यस्तै बिर्तामोड नगरपालिकाका पूर्व सहकारी अधिकृत डिल्ली दाहालले पनि अराजकता गर्न पाइँदैन, साधारण सभा भाँड्न पाइदैन भनेर विरोध जनाएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?