छुदेन काविमोको उपन्यास ‘उरमाल’ सार्वजनिक

छुदेन काविमोको उपन्यास ‘उरमाल’ सार्वजनिक
+
-

काठमाडौँ – लेखक छुदेन काविमोको दोस्रो उपन्यास ‘उरमाल’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच ‘उरमाल’ सार्वजनिक गरिएको हो।

दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनका बारेमा लेखिएको उपन्यास फातसुङबाट चर्चामा आएका लेखक काविमोले चिया बगानमा काम गर्ने श्रमिकको कथा उठाएका छन् उरमालमा।

पाँच वर्ष लगाएर दोस्रो कृति ‘उरमाल’मा चिया टिप्ने महिलाहरूको पीडामा आख्यानीकरण गरेका हुन्। मानवशास्त्री सुरेश ढकाल र लेखक काविमोले संयुक्त रूपमा उपन्यास लोकार्पण गरे।

ढकाल र लेखकबीच चलेको अन्तरक्रियामा लेखक छुदेनले भने, ‘उरमाल चिया श्रमिकहरुकै सुस्केराको कथा हो, जसमा संघर्ष त हजारौँ छन् तर चैन थोरै पनि छैन। सपना त लाखौँ छन् तर सुख अलिकति पनि छैन। जहिल्यै दुःखको कथालाई छातीमा टाँसेर हिँड्ने कमानेहरुको जीवनको पीडालाई नै मैले उपन्यासमार्फत देखाउने कोसिस गरको छु।’

मानवशास्त्री ढकालले उरमालले चिया टिप्ने श्रमिकको कथा मात्रै नभएर अं‌ग्रेजले चिया उत्पादन गर्ने प्रणालीमा नेपाली र आदिवासीहरुलाई कसरी जोड्यो भन्ने प्रश्न पनि गरेको बताए। उनले भने, ‘हजारौँ वर्षदेखि आदिबासी तथा नेपालीलाई अंग्रेजले कसरी चियाबाट पुँजीवादतिर लग्यो। कसरी सुन फल्छ भनेर पुस्तौँ पुस्तालाई चिया कमानमै अढ्याउन सक्यो। र यो समस्या दक्षिण एसियाकै साझा हो।’

ढकालले थपे, ‘बेलायती उपनिवेशले आदिवासीहरूलाई गरेको औपनिवेशिक शोषणको कथा हो उरमाल, तर यसमा धेरै कथा, उपकथा छन् जसले पाठकलाई तानिरहन्छ,’ ढकालले भने।

भारतीय नेपालीभाषी लेखक काविमो दार्जिलिङ कालिङपोङबासी हुन्। उनको पहिलो कथा संग्रह १९८६ ले सन् २०१८ मा युवा सहित्य एकादमी पुरस्कार पाएको थियो।

लेखक छुदेनको फातसुङ उपन्यास नेपाली भाषासँगै हिन्दी, बंगाली, सिन्धी र अंग्रेजी भाषामा पनि प्रकाशित छ।

‘सङ अफ सोइल’ शीर्षकमा अजित बरालले अनुवाद गरेको फातसुङ नेपाल, भारतसँगै बेलायतबाट पनि प्रकाशित भयो, जो दक्षिण एसियाको प्रतिष्ठित पुरस्कार जेसिबी प्राइज फर साउथ एसियन लिटरेचरको अन्तिम सूचीमा परेको थियो।

उपन्यास फाइन प्रिन्ट प्रकाशनले बजारमा ल्याएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?