
मुगु – पछिल्लो एक वर्षयता मुगु जिल्लामा एक्कासी मान्छे मर्ने संख्या बढेको छ। स्वास्थ्य कार्यालयमा मान्छेको मृत्युसम्बन्धी यकिन तथ्यांक नभए पनि घरमै एक्कासी मृत्यु हुने दर स्थानीय स्तरमै बढेकाे हाे। बिरामी अस्पताल लैजाँदा लैजाँदै मृत्यु भैसकेको हुन्छ के कसरी मृत्यु हुन्छ यसै भन्न नसकिने जिल्ला स्वास्थ्य कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर निर्मल नगरकोटीले बताए।
उनले भने, ‘उच्च रक्तचापका कारण हट्याट्याक को सम्भावना बढी हुन सक्छ। जनचेतना अभावका कारण मानिसले समय, समयमा आफ्नो स्वास्थ्य चेक जाँचसमेत नगराउँदा उच्च रक्तचापले यस्ताे समस्या निम्तिएको हुन सक्छ।’
६ महिनायता छायाँनाथरारा नगरपालिकामा दर्जनभन्दा बढी व्यक्तिले अकालमै ज्यान गुमाएका छन्। ज्यान गुमाउनेकाे संख्या साठी बर्षभन्दा कम उमेरका बढी छन्।