बझाङमा १२ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

बझाङमा १२ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै
+
-

चैनपुर (बझाङ)- जिल्लाका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।

यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य उक्त कार्यालयका प्रमुख लालबहादुर धामीले बताउनुभयो । उहाँले १२ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियान चलाउने बताए ।

विद्यालय जाने गाउँका किशोरीलाई उमेरका आधारमा खोप लगाइने उनले बताए। साइपाल गाउँपालिकामा विद्यालय जाने किशोरी एक सय ७४ जना र नजाने २० जना गरी एक सय ९४ जना, बुङ्गल नगरपालिकामा दुई हजार ५८, जयपृथ्वी नगरपालिकामा एक हजार तीन सय छ, सुर्मा गाउँपालिकामा पाँच सय ७७, तलकोटमा आठ सय २५, मष्टामा नौ सय ११, छविसपाथिभेरामा सात सय ५९, दुर्गाथलीमा सात सय ६१, केदारस्यूँमा एक हजार छ सय ६९, वित्थडचिरमा एक हजार दुई सय ५२, थलारामा आठ सय ५३ र खप्तडछान्ना गाउँपालिकामा आठ सय ७१ किशोरीलाई खोप लगाउने उनले बताए।

जिल्लाभरि विद्यालय जाने ११ हजार आठ सय ३५ र विद्यालय नजाने दुई सय ९१ गरी १२ हजार एक सय २६ किशोरीलाई खोप लगाइने उनले बताए।

खोप लगाउनका लागि जिल्लाभर दुई सय ९१ स्वास्थ्यकर्मी र चार सय ३४ जना स्वयंम्सेवक गरी छ सय ५१ स्वास्थ्यकर्मी परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?