शून्य समय

महाकुम्भका ‘युट्युबर’ र नेपाली लोकतन्त्रका नायकहरू

महाकुम्भका ‘युट्युबर’ र नेपाली लोकतन्त्रका नायकहरू
+
-

यसपल्ट प्रयागमा माघे संक्रान्तीबाट सुरु भएको महाकुम्भ मेलामा करिब ५० करोड व्यक्ति सहभागी हुने अपेक्षा गरिएको छ, त्यसको अन्तिम दिनसम्म। श्रद्धालु, मुक्तिकामी, जिज्ञासु, अध्येतासँगै ‘रमिते’हरुको पनि उपस्थिति हुने गर्छ त्यहाँ।

त्यहाँ ‘भीड’बाट राम्रो कमाइको आशामा ‘युट्युब’ धन्धाको ठूलो सञ्जाल पनि उपस्थित छ। त्यहाँ जसले आइआइटी बाबा, मोनालिसा भोसलेलाई भाइरल बनाउनुका साथै प्रायः त्यहाँ उपस्थित ‘अघोरीहरु’लाई ‘तिमी मान्छेको मासु खान्छौ?’ भनेर सोध्ने गर्छन्। तीमध्ये कसैले ती ‘युट्युबर’लाई लखेटेको, कसैले त आफ्नो मासु काटेर दे म खान्छु भनेको ‘भिजुअल’हरु पनि भाइरल भएका छन्, तर अघोर र कुम्भको महिमाबारे कसैले गहन प्रश्न गरेको देखिँदैन। किनकि त्यसले ‘युट्युब’ भ्युज र उनीहरुको आम्दानी बढाउँदैन।

कुम्भबारे अनेक मान्यता र विश्वास छन्। पवित्र आत्माहरु स्वछन्द विचरण गर्ने गर्छन् र पात्रताअनुसार साधकहरुले उनीहरुको दर्शन, आशीर्वाद र मार्गनिर्देशन पाउने गर्छन् भन्ने मान्यताले श्रद्धालुहरु त्यहाँ धाउने गर्छन्। प्रयाग गंगा, जमुना र अदृश्य सरस्वतीको पवित्र संगम हो। र, त्यहाँको जल, थल र वायुमा पवित्र आत्मास्वरुप ज्योतिको उपस्थिति हुन्छ भन्ने मान्यता छ।

पीर, फकिर, साधु, ऋषिमुनि र सन्तहरु कहिले सशरीर र कहिले ज्योतिस्वरुपमा कुम्भ अवधिमा त्यहाँ विचरण गर्छन् भन्ने कुरा उनीहरुको आशीर्वाद पाएका केही भक्तको रोमाञ्चकारी अनुभव र अनुभूति पनि बाहिर आएका छन्। तर, चरित्रज्ञान, इमानदारी पेशाप्रतिको प्रतिबद्धता तथा पात्रताको अभाव कुम्भलाई रमिताको अखडाका रुपमा प्रस्तुत गर्ने समूहलाई ती दुर्लभ दर्शन हासिल हुने कुरै भएन। त्यो आस्था र मान्यताको पर्व र परम्परा हो, जसलाई विज्ञानले स्वीकार नगर्न सक्छ। प्रश्न गर्न सक्छ तर  विज्ञान आफैँमा पूर्ण ज्ञान हैन र धेरै प्राचीन ज्ञान र तिनीहरुसँग जोडिएका मान्यताबारे सतहभन्दा भित्र विज्ञान प्रवेश गर्न सकेको छैन।

संक्षेपमा अघोर विश्वकल्याणप्रतिको समर्पण जीवन हो। सबरीको ‘जुठो’ बयर रामले चाख्नुमा जुन प्रेम, सद्भाव, करुणा, अउल्लेख्य मानवीय मान्यता छ त्यसमा, त्यही नै धर्मका साँघुरा बन्धनभन्दा माथिको अवस्था हो। त्यसमा घृणाको स्थान हुनु हुँदैन। त्यही कुम्भको स्वरुप हो।

प्रयागको कुम्भमा ‘मोबाइल’ र युट्युब बोकी आइआइटी बाबा या मोनालिसा, मान्छेको मासु खाने अघोरीलाई भाइरल बनाउने पात्रहरुभन्दा फरक देखिन सकेका छैनन् ‘नेपाली लोकतन्त्रका शासक वर्ग।’ उनीहरुको नजर सतही छ। धर्म अथवा जनतालाई सर्वोपरी मान्नुपर्ने लोकतन्त्रको केन्द्रीय मर्मबाट विमुख छन् तर राजनीतिक या शासकीय चटकेका रुपमा ‘कमाउ संस्कृति’ नै उनीहरुको प्रमुख धन्धा बनेको छ।

‘जननी जन्मभूमिश्च’को मान्यता बोकेको नेपालको संस्कृति तथा माटोलाई कुम्भमा कमाउ धन्धामा पुगेका ‘युट्युबर’हरुले जसरी नै लुटतन्त्र मच्चाएका छन्, शासकहरुले। र, लोकतन्त्र भन्ने नै ‘हामी शासक वर्ग’ को कमाउ अवधाणा हो भन्ने सन्देश उनीहरुले दिइरहेका छन्।

हर्क साम्पाङ आफ्नो भनाइ र मान्यता प्रस्तुत गर्न केही ‘चटक’ गर्ने गर्छन्। सिंहदरबारमा छिर्दा ‘माटोको घैंटौ’ लिएर जानुको अर्थ पक्कै छैन तर जब मुलुकको प्रधानमन्त्री इमानदार र गम्भीर प्रयास र कामबाट नभएर ‘चटके’ बोलीबाट रेल र पानीजहाजको सपना देखाउँछ, त्यसले राजनीतिसहित समाजका सबै क्षेत्रमा ‘आव्राकी डाव्रा’ समूह जन्माउँछ। चटकको हक अधिकार प्रधानमन्त्रीसँग मात्र हुन्छ र?

अहिले मुलुकमा नयाँ रामेश र रायन समूहको जन्म भएको छ यी प्रवृत्तिविरुद्ध नयाँ संकल्पका साथ। भ्रष्टाचारका विरुद्ध उनीहरुको लयात्मक भाका गुन्जन थालेको छ र त्यसले जनतामा भ्रष्टाचार र तिनका पर्याय बनेका गणतान्त्रिक शासक, शासकीय पद्धति र त्यसका नेताहरुविरुद्ध संगठित घृणा तथा आक्रोश पैदा गर्दै छ। जनताको रगत र पसिनालाई शोषण गर्ने आफ्नो अधिकार भएको मान्ने यी नेतृत्व समूहलाई अदालतमा ठड्याउनै पर्ने आवाज अब गाउँ गाउँमा पुगेको छ।

माटोको गाग्री नै बोकेर भए पनि हर्क साम्पाङले ओलीको विशेष चाहना र अग्रसरतामा बनेको पाँच अर्बको भ्यूटावरको बिल, खर्चको रुजु र छानबिन गर्न किन सकेन भनी प्रश्न तेर्स्याएका छन्, जुन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेम राईप्रति लक्षित छ। प्रेम राई मुलुकमा सुशासनप्रति या अख्तियार दुरुपयोग र भ्रष्टाचारविरुद्ध या व्यक्तिगत रुपमा ओलीप्रति बफादार छन्, यो प्रश्न हर्क साम्पाङले उठाएका छन्। अब नयाँ रायन तथा रामेशहरुले त्यसमा ताल र लय दिन थालेका छन्।

महाकुम्भ र नेपालमा गणतन्त्रका नाइकेहरुको भ्रष्ट अनुहारबारे विश्लेषण भइरहँदा अमेरिकामा डोनाल्ड ट्रम्प चार वर्षको अन्तरालपछि राष्ट्रपति बनेका छन्। आन्तरिक राजनीति र शासनमा मात्र हैन, ट्रम्पको शासनले विदेशमा पनि कठोर सन्देशसँगै आन्तरिक नीतिहरुलाई प्रभाव पार्ने अडकलबाजी भइरहेका छन्। त्यसबारे अहिले कुनै निष्कर्षमा पुग्नु हतार हुनेछ। तर, ट्रम्पको यो विजय अतिवादी ‘लिवरल’ मान्यताको पराजय हो भन्ने निष्कर्ष सहजै निकाल्न सकिन्छ।

भुटानी शर्णार्थी मामिला होस् या गिरिबन्धु टी-स्टेट, वाइडबडी खरिद होस् या रानी रत्नद्वारा सुरु गरिएको बालमन्दिरलाई भ्रष्ट शैलीमा कमाउने लोकतान्त्रिक अभ्यास, यो वर्तमान व्यवस्थाका नाइकेहरुको शक्ति बनेको छ। ‘बाँडी खाउँ’ र ‘हामी कानुनभन्दा माथि छौँ’ भन्ने अवधारणा तथा अभ्यास नै गणतान्त्रिक नेतृत्व वर्गको शक्ति हो।

राज्यसत्ता र व्यवहार द्वैध मान्यतामा चलेको छ। दुर्गा प्रसाईले प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारको आरोप लगाउँदा उनी जेल जान्छन्। तर, बाबुराम भट्टराई संविधान जारी भएयताका तीन प्रधानमन्त्री प्रचण्ड, ओली र शेरबहादुर देउवामाथि सार्वजनिक थलोबाट तीन–तीन अर्ब रुपैयाँ उर्जा ठेक्कामा खाएको आरोप लगाउँदा उनी सुरक्षित छन्।

प्रसाई र केही हदसम्म त्यही तरिकाले रवि लामिछानेको मामिलालाई स्वच्छ अनुसन्धान, अभियोजन र न्यायिक प्रकृयामा लग्नु पर्छ भन्ने मान्यतालाई देखिने गरी दण्डित गरेको छ सरकारले। राजनीतिका ठूला पात्र या गणतन्त्रका मन्त्री र प्रधानमन्त्रीले ‘भ्रष्टाचार’ गर्न सक्तैनन्’ भन्ने खालका पटके निर्णय अर्थात कर्मचारीहरु मात्र दोषी छन् भन्ने अर्थ लाग्ने सर्वोच्च न्यायालयका फैसलाले पनि राजनीतिक र नीतिगत भ्रष्टाचारलाई प्रोत्साहित गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्का सबै निर्णलाई छानबिनमा उन्मुक्ति दिएर राजनीतिक र भ्रष्टाचारबीचको संस्थागत सम्बन्धलाई प्रगाढ र सुरक्षित बनाएको छ।

महाकुम्भ र नेपालमा गणतन्त्रका नाइकेहरुको भ्रष्ट अनुहारबारे विश्लेषण भइरहँदा अमेरिकामा डोनाल्ड ट्रम्प चार वर्षको अन्तरालपछि राष्ट्रपति बनेका छन्। आन्तरिक राजनीति र शासनमा मात्र हैन, ट्रम्पको शासनले विदेशमा पनि कठोर सन्देशसँगै आन्तरिक नीतिहरुलाई प्रभाव पार्ने अडकलबाजी भइरहेका छन्। त्यसबारे अहिले कुनै निष्कर्षमा पुग्नु हतार हुनेछ। तर, ट्रम्पको यो विजय अतिवादी ‘लिवरल’ मान्यताको पराजय हो भन्ने निष्कर्ष सहजै निकाल्न सकिन्छ।

व्यक्तिका महत्वकांक्षा र अधिकारलाई सम्बोधन गर्न सक्ने/नसक्ने विभिन्न श्रेणीका मुलुकका क्षमता, परिवेश र मान्यतालाई बेवास्ता गरी अन्तर्राष्ट्रिय ‘लिवरल’ सिन्डिकेटको स्वार्थमा राज्यलाई निरीह बनाउने मुख्य चाहना रह्यो त्यो सिन्डिकेटको। त्यो सिन्डिकेटको हस्तक्षेपकारी हैसियत स्थापित गर्ने अभ्यासमा ब्रेक लाग्ने हो भने ट्रम्पको विजयले राज्यहरुको वास्तविक सार्वभौम सत्ता र स्वायत्तता कायम गर्न मद्दत पुर्‍याउने छ।

अहिले युरोपलगायत विश्वमा विभिन्न मुलुकहरुमा ‘राष्ट्रवाद’ र ‘राष्ट्रियता’ को अभियान या संगठित आवाज उठ्नु र निर्वाचनमा सफलता पाउनुले अतिवादी ‘लिवरल’ सिन्डिकेटले चुनौती भोगेको स्पष्ट हुन्छ। तर, अतिवादी असहिष्णु राष्ट्रियता तथा राष्ट्रवादको राजनीतिक पद्धति त्यत्तैकै खतरनाक हुन्छ, जति उग्रवादी तथा अतिवादी ‘लिवरल’ अभियान। त्यसमा पनि पढेलेखेका, राष्ट्रिय यथार्थबाट विमुख, परिचालित र धनमूखी तथा अन्तर्राष्ट्रिय सिन्डिकेटसँग आवद्ध ‘एलिट’ वर्गजस्तै अप्रजातान्त्रिक वर्गको उत्थान र हैकम नै स्थापित हुने गर्छ। नेपालमा जवाफदेहिताको व्यवस्था र व्यवहार नदेखिनुको कारण यही हो।

०६२-६३ मा भएको आन्दोलन सफल हुनुमा जनताको चाहनाअनुसार राजा ज्ञानेन्द्र झुक्नु नै थियो। उनले सत्ता जनताले भनेका दल र तिनका नेताहरुलाई बुझाए। आफ्नो नियत राम्रो भए पनि शैली बेठीक भएको स्वीकार गरे तर भारतीय संस्थापन र अन्तर्राष्ट्रिय वादबाट निर्देशित ‘अतिवादी लिवरल’ समूहले जनताको सफलतालाई आफ्नो स्वार्थमा अपहरण गर्‍यो। विभिन्न व्यवसायी समूह (पापड),  नागरिक समाज र सञ्चारको ठूलो हिस्सालाई श्रोत र साधनलगायतका समर्थन दिएर खुसी राखे अन्तर्राष्ट्रिय समूहरुले।

जनतालाई कुनै भूमिका नदिएर महत्वपूर्ण राजनीतिक एजेन्डा तथा बिनाबहस संविधान लाद्ने षड्यन्त्रका लागि पूर्वतयारी थियो त्यो। त्यो संविधानमा न मदन भण्डारीको जनताको बहुदलीय जनवादले ठाउँ पायो, न बिपीको राष्ट्रिय मेलमिलापले नै। त्यहाँ राष्ट्रिय दासत्व र समर्पणको नीतिले ठाउँ पायो

अहिले एमालेमा मदन भण्डारीको जबज हेर्न यथार्थभन्दा ठीक उल्टो ‘सुखी नेपाली र समृद्ध नेपाल’को ‘ओली बा’ को नयाँ जबज देखिन्छ। पार्टीका कार्यक्रममा भित्ते तस्बिरहरुसमेत देखिँदैनन् ‘ओली बा’बाहेक अन्य नेताहरुको। ओली सर्वसत्तावाद अभ्यास गरिरहेका छन् र बिपीको राजनीतिक दर्शन र मान्यताको राजनीतिक हत्या गरी ‘बाह्य’ शक्तिको हातमा खेलिरहेको नेपाली कांग्रेस त्यो शैलीको आपराधिक मित्र शक्ति बनेको छ।

राष्ट्रको स्वतन्त्रता र जनताको समग्र हित यो गठबन्धन र प्रमुख प्रतिपक्षी माओवादीको प्रतिबद्धता हैन, हुनै सक्तैन। आफू राष्ट्रघात र भ्रष्टाचारको दलदलमा फसेपछि र आम जनताले उनीहरुको त्यो स्वरुप देखे बुझेपछि सत्ताले रवि लामिछानेलाई समग्र भ्रष्टाचारको पर्यायका रुपमा स्थापित गरी आफू चोखो देखिन असम्भव षड्यन्त्रमा व्यवस्थाका नाइकेहरु एकबद्ध छन्। उनीहरुको सामूहिक पराजय अब केही दिनको मात्र विषय हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?