पवित्र तीर्थस्थल पाथीभरा क्षेत्र अशान्त, प्रहरी र आन्दोलनकारीबीचको झडपमा दर्जनौं घाइते

पवित्र तीर्थस्थल पाथीभरा क्षेत्र अशान्त, प्रहरी र आन्दोलनकारीबीचको झडपमा दर्जनौं घाइते
+
-

झापा- पवित्र तीर्थस्थल ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नदिने समूह र प्रहरीबीचको झडपमा क्रममा दर्जनौं घाइते भएका छन्।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रहरी कमाण्डर प्रहरी निरीक्षक रोहित शर्मा गम्भीर घाइते भएका छन्। उनको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रजिअ शर्माले बताए। आन्दोलनकारीको ढुंगा प्रहारबाट प्रहरीतर्फ जम्मा २० जना घाइते भएका उनले जानकारी दिए।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुईजना आन्दोलनकारीलाई बिराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको उनले बताए। आन्दोलनकारीहरूका अनुसार उनीहरूतर्फ ४ जना गम्भीर घाइते छन्। आन्दोलनकारीहरूतर्फ जम्मा ५५ जना घाइते भएका बताइएको छ।

शनिवार पटक-पटक झडप हुँदा आन्दोलनकारी र प्रहरी दवैतर्फका गरी १८ जना घाइते भएका हुन्।

पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच काफ्लेपाटीभन्दा एक किलोमिटर माथि रहेको बलुडाँडामा झडप भएको हो।

दुवै पक्षबीच दिउँसो र साँझ झडप भएको हो । झडपमा १३ जना प्रहरी र ‘नो केबलकार’ समूहका ५ जना घाइते भएका जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ।

पाथीभरा माता केबलकार कम्पनीले केबलकार निर्माण प्रक्रिया अघि बढाएदेखि नै मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समितिलगायतले विरोध गरिरहेका छन्। ती समूहले कुनै पनि हालतमा केबलकार बनाउन नदिने अडान लिएका छन्।

कम्पनीले मंगलबार केबलकार निर्माणस्थलमा जमिन सम्याउन थालेपछि आन्दोलनकारी पाथीभरा क्षेत्रमा केन्द्रित भएका थिए । शनिबार उनीहरू र प्रहरीबीच झडप भएको हो ।

दिउँसो र साँझ दुवै पटक प्रहरीले गोली चलाएको आन्दोलनकारीले जनाएका छन्।

आन्दोलरत पक्षका यामबहादुर लिम्बू (म्याङलुङ–९, तेह्रथुम), धर्मन पालुङ्वा (फुङलिङ–८, ताप्लेजुङ), सगुन लावती र मंगल लावती (मिक्लाजुङ–५, पाँचथर) घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले फायर खोलेपछि आन्दोलनकारीहरू खुकुरी, बञ्चरोलगायत घरेलु हतियार लिएर प्रतिकारमा उत्रेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?