
वीरगञ्ज- बारामा आइतबार राति भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
कलैया उप-महानगरपालिका-४ स्थित कलैयाबाट बरियारपुरतर्फ जादै गरेको ना ४ ख ४१८६ नम्बरको टयाङकरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।
राति आठ बजेको समयमा भएको दुर्घटनामा ना ४७ प ५९९७ नम्बरको मोटरसाइकलको पछाडी सवार रौतहटको बृन्दावन नगरपालिका-३ बिश्रामपुर बस्ने ४० बर्षकि बबिता ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा परवानिपुर नौतनस्थित एलएस न्युरो अस्पतालमा ज्यान गएको बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
दुर्घटनामा परि ठाकुरकी छोरी १० बर्षकी मोनि ठाकुर घाइते भएकी छिन् ।यस्तै राति १० बजे आदर्श कोतवाल गाउँपालिका-४ स्थित बिआर एजे ३५२७ नम्बरको मोटरसाइकललाई मधेस प्रदेश ००३-००१-च ६७८८ नम्बरको पिकअपले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहार बैरगनिया बस्ने २५ बर्षका आदित्य कुमार ठाकुर रहेका छन् । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो ।दुर्घटनामा मोटरसाइकलको पछाडी सवार रौतहटको गौर नगरपालिका-१ बस्ने २२ बर्षका राजन दास घाइते भएका छन् ।
ठक्कर दिने पिकअपको खोजी भइरहेको डिएसपी सापकोटाले बताए ।