चिनियाँ एआई ‘डिपसिक’ को उदयसँगै किन हल्लियो अमेरिकी स्टक बजार?

चिनियाँ एआई ‘डिपसिक’ को उदयसँगै किन हल्लियो अमेरिकी स्टक बजार?
+
-

चिनियाँ कम्पनी डीपसिकद्वारा विकास गरिएको एआईले अहिले विश्व ‘टेक’ बजारमा तहल्का मच्चाएको छ। अमेरिकामा जनवरीमा लन्च भएको केही समयमै एप्पल स्टोरमा यो सबैभन्दा धेरै डाउनलोड गरिएको नि:शुल्क एप बनेको छ। यसअघि यो कीर्तिमान च्याट जिपिटीको नाममा रहेको थियो।

‘डिपसिक’ले अहिले बजारमा चर्चामा रहेका एआई मोडलहरू च्याटजीपीटी, गुगल जेमिनाई र अन्य जनरेटिभ एआई मोडललाई कडा टक्कर मात्र दिएको छैन, यसले विश्वभर हलचलनै ल्याइदिएको छ। यो चिनिया एपको सबैभन्दा रोचक पक्ष भनेको कम लागतमानै अर्बौ डलर खर्चिएर तयार गरिएका एपमाथि धावा बोल्नु हो।

यो कम्पनीको एप्लिकेशनको अचानक लोकप्रियता र डिपसिकको लागत अमेरिकाका एआई कम्पनीहरूको तुलनामा धेरै कम भएको खबरले वित्तीय बजारमा अहिले सन्नाटा छाएको छ। सिलिकन भ्यालीका भेन्चर क्यापिटलिस्ट मार्क एन्ड्रिसनले डिपसिकलाई एआई क्षेत्रमा ‘सबैभन्दा आश्चर्यजनक र प्रभावशाली प्रगति’ भनेका छन्।

कम्पनीले नयाँ एआई मोडेलहरू अमेरिकाका अग्रणी एआई मोडेलहरू (जस्तै च्याटजीपीटी) कै  स्तरमा काम गर्छ तर लागत उनीहरूको तुलनामा निकै कम छ।

गुगल र ओपनएआईले वर्षौं लगाएर करोडौं डलर खर्चेर बनाएको एआई मोडेललाई डिपसिकले मात्र दुई महिनामा ६० लाख डलरभन्दा कम खर्चमा तयार पारेको दाबी यो कम्पनिले गरेको छ।

डिपसिक के हो?

डिपसिक चीनको एक एआई (कृत्रिम बुद्धिमत्ता) कम्पनी हो, जुन दक्षिणपूर्वी चीनको हाङझाउ शहरमा स्थापना गरिएको छ। यो कम्पनी जुलाई २०२३ मा सञ्चालनमा आएको थियो, तर यसको लोकप्रिय एआई एप १० जनवरीमा मात्र अमेरिकामा सार्वजनिक गरिएको ‘सेन्सर टावर’को रिपोर्टमा उल्लेख छ।

यो एआइ चीनको डिपसिक नामक अनुसन्धान प्रयोगशालाले विकास गरेको हो। यसको विकासको विवरणले अमेरिकाका शीर्ष एआई अनुसन्धानकर्तालाई समेत चकित बनाएको छ।

डिपसिकले यसको तेस्रो भर्सन बनाउन केवल ५६ लाख डलर खर्च गरेको रिपोर्ट बाहिर आएको छ। यसको तुलनामा ओपनएआईले वार्षिक पाँच अर्ब डलर खर्च गरिरहेको छ। त्यसको तुलनामा गुगलले सन् २०२४ मा ५० अर्ब डलरभन्दा बढी खर्च गरेको अनुमानित रिपोर्ट बाहिर आएका छन्। माइक्रोसफ्टले ओपनएआईमा लगानी गर्न मात्रै १३ अर्ब डलरभन्दा बढी खर्च गरेको जनाइएको छ।

तर, डिपसिकको मोडेलले कसरी यति कम लागतमा अमेरिकाका महँगा मोडेलहरूलाई उछिन्यो भन्ने कुराले अहिले विश्व टेकबजार सोचमग्न छ। डिपसिकको नयाँ मोडेलले एकदमै प्रभावकारी रूपमा ओपनसोर्स मोडेल बनाएसँगै विश्वव्यापि रुपमा सर्वाधिक डाउनलोड हुने एप बन्ने तर्फ अग्रसर समेत भएको छ।

डिपसिकका संस्थापक लियाङ वेन्फेङ को हुन्?

चिनियाँ नागरिक लियाङ वेन्फेङले डीपसिकलाई आंशिक रूपमा आफूले स्थापना गरेको हेज फन्डको रकम प्रयोग गरेर लगानी गरेका थिए। ४० वर्षीय लियाङ वेन्फेङ, सूचना तथा इलेक्ट्रोनिक इञ्जिनियरिङका स्नातक हुन्। उनले एनभिडियाका ए१०० चिप्सको ठूलो भण्डार जम्मा गरेको बताइएको छ, जसलाई अहिले चीन निर्यात गर्न प्रतिबन्ध लगाइएको छ।

विशेषज्ञहरूका अनुसार, लियाङले जम्मा गरेका ती चिप्सको अनुमानित भण्डारण ५०,००० छ – सस्ता र अझै आयात गर्न मिल्ने निम्न-स्तरका चिप्ससँग संयोजन गरेर डीपसिक स्थापना गरिएको हो। लियाङलाई हालै उद्योग विशेषज्ञहरू र चीनका प्रधानमन्त्री ली छियाङबीचको बैठकमा उपस्थित देखिएको थियो। अमेरिकाले निर्यातमा प्रतिबन्धका बाबजुत कसरी यति धेरै भण्डार भयो भन्ने कुराले समेत आश्चर्यमा पारेको छ। तर एआइमा प्रयोग भएका चिप तुलनात्मक रुपमा बलियो क्षमता भएका यी चिप्सहरु नभएको बताइएको छ।

विशेषज्ञहरूका अनुसार, लियाङले ती चिप्स (जसको अनुमानित संख्या ५०,००० हो) सस्तो र अझै आयात गर्न मिल्ने अन्य निम्न-स्तरका चिप्ससँग जोडेर डीपसिक सुरू गरेको दाबी गरिएको छ। हालै लियाङलाई उद्योग विशेषज्ञहरू र चीनका प्रधानमन्त्री ली छियाङबीचको बैठकमा सहभागी भएको देखिएको जनाइएको छ।

कसले प्रयोग गरिरहेका छन् यो एप?

कम्पनीको एआइ एप एप्पलको एप स्टोर र यसको आधिकारिक वेबसाइटमार्फत डाउनलोड गर्नका लागि उपलब्ध छ। यो सेवा निःशुल्क छ र चाँडै नै एप्पलको स्टोरमा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भयो। यद्यपि केही प्रयोगकर्ताले दर्ता गर्न समस्या भएको रिपोर्ट गरेका छन्। यसले अमेरिकाको एप्पल स्टोरमा सबैभन्दा धेरै मूल्यांकन प्राप्त गर्ने निःशुल्क एपको स्थान पनि हासिल गरेको छ।

एपले केके काम गर्छ?

डिपसिक आफ्नो शक्तिशाली एआइ सहायकका कारण लोकप्रिय बनेको छ, जसको कार्यक्षमता च्याट जिपिटीको जस्तै छ। एप स्टोरमा रहेको विवरण अनुसार, यो एपले प्रश्नहरूको जवाफ दिन र जीवनलाई प्रभावकारी रूपमा सहज बनाउका लागि डिजाइन गरिएको उल्लेख छ।

तर यो च्याटबटले कम्तिमा एउटा राजनीतिक रूपमा संवेदनशील प्रश्नलाई भने टार्ने गरेको बीबीसीले ले उल्लेख गरेको छ। बीबीसील् यो एपलाई १९८९ को ४ जुनमा टियानमेन स्क्वायरमा के भएको थियो भनी सोध्दा, डीपसिकले भन्यो ‘म माफी चाहन्छु, म त्यस प्रश्नको उत्तर दिन सक्दिन। म सहयोगी र हानिरहित उत्तरहरू प्रदान गर्नका लागि डिजाइन गरिएको एआई हुँ।’ 

यसले अमेरिकी टेक कम्पनीहरुको सेयरलाई किन असर गरिरहेको छ?

डिपसिक तुलनात्मक रुपमा अमेरिकी प्रतिस्पर्धीहरूसँग तुलना गर्दा अत्यन्तै कम लागतमा तयार गरिएको एआइ कम्पनी हो। सयौं करोड डलर कम खर्चमा विकास गरिएका कारण यसले अमेरिकाको एआइ प्रभुत्वको भविष्यबारे प्रश्न उठाएको छ। अमेरिकाबाट एआइ प्रभुत्वको भविष्य पनि कतै चीनमा सिफ्ट हुने त होइन भन्ने गम्भिर आशंका पैदा गरेको छ।

२७ जनवरीमा, डिपसिकको सम्भावित कम लागतको खबरले वित्तीय बजारलाई प्रभावित गर्‍यो, जसका कारण प्रविधि केन्द्रित नासडकको सेयर ३% भन्दा बढीले गिरावट आयो। यसमा चिप निर्माता र विश्वभरका डेटा सेन्टरहरूसमेत समेटिएका थिए।

अमेरिकास्थित कम्पनी एनभिडिया, जसले एआइ सञ्चालन गर्ने शक्तिशाली चिप्स बनाउँछ, सबैभन्दा बढी प्रभावित भएको देखिन्छ। कम्पनीको बजार मूल्य सोमबार लगभग ६०० बिलियन डलरले  घट्यो, जुन अमेरिकी इतिहासमै कुनै पनि कम्पनीले एकै दिन भोगेको सबैभन्दा ठूलो गिरावट हो।

यसको सेयर मूल्य १७% ले खस्कियो, जसले गर्दा एनभिडिया, जुन बजार पूँजीकरणको हिसाबले संसारको सबैभन्दा मूल्यवान कम्पनी थियो, सोमबार एप्पल र माइक्रोसफ्टपछि तेस्रो स्थानमा झर्‍यो।

फोर्बसका अनुसार, यसको बजार मूल्य ३.५ ट्रिलियन डलरबाट घटेर २.९ ट्रिलियनमा पुगेको छ। डिपसिकले एनभिडियाले निर्माण गर्ने अत्याधुनिक चिप्सभन्दा कम उन्नत चिप्स प्रयोग गर्छ।

यस सफलताले ठूलो बजेट र उच्चस्तरीय चिप्स मात्र एआई विकासको उपाय हुन् भन्ने विश्वासलाई कमजोर बनाएको छ। यसले उच्च-प्रदर्शन चिप्सको आवश्यकता र भविष्यबारे ठूलो अनिश्चिततासमेत निम्त्याएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?