देशसञ्चार चौतारीमा भाग-८१

‘प्रकृतिसँग कसैले पनि जुध्नु हुँदैन’

+
-

चराविद् हेमसागर बरालले देशसञ्चार चौतारीको यसपटकको अंकका लागि देशसञ्चारका सहकर्मीहरुसँग अन्तर्क्रिया गरेका छन्। उनले नेपालको राष्ट्रिय चरा डाँफेमा कुनै खालको अध्ययन नै नभएको बताएका छन्।

कुनै समय काठमाडौँ चराका लागि उपयुक्त रहेको उल्लेख गर्दै चराविद् बरालले अहिले काठमाडौँ चराका लागि उपयुक्त नरहेको बताएका छन्। त्यस्तै तराईका चराहरु पनि एकदमै संकटमा रहेको उनले बताए।

नेपालका चरासम्बन्धी अध्ययनमा अनुसन्धानलाई प्राथमिकता नदिएको पनि उनले बताए। उनले कुनै समय पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई पनि फुल्चोकीमा गएर चराहरु देखाएको अनुभव सुनाए। ‘त्यो बेला मलाई जिम्मी कार्टरले आफैँ ल्याएर ब्रेकफास्ट दिनुभयो,’ उनले पुराना अनुभव सम्झिए।

चरालाई एकदमै मन पराउने बरालले चरा र वन्यजन्तुका क्षेत्रमा पुस्तकहरु पनि निकालेका छन्। उनले जीवनको ४० वर्षभन्दा लामो समय चराका लागि बिताइसकेका छन्।

कोशी टप्पु वन्यजन्तु आरक्षमा जन्मिएका बरालले कोशीमा बाल्यकालमा देखेका डल्फिनहरु रोमाञ्चकारी लागेको र बिस्तारै चराप्रति आकर्षण बढेको चौतारीका क्रममा बताए।

जैविक विविधताका लागि नेपालको चितवन राष्ट्रिय निकुञ्ज एकदमै महत्त्वपूर्ण र विशेष रहेको उनले बताए। नेपालका विभिन्न स्थानहरुमा हिउँदका समयमा चरा हेर्न सकिने उनले बताए।

काठमाडौँलाई चरा फ्रेन्ड्ली कसरी बनाउन सकिन्छ भनेर मेयर बालेनले आफूसँग सल्लाह गरेको पनि बताए। प्रकृतिसँग युद्ध कुनै देशले पनि गर्न नसक्ने उनले बताए। ‘यसबारे सबै देशले बुझ्नुपर्छ,’ उनले चौतारीका क्रममा भने।

चरा मानव समाजका लागि स्वीकार्य प्राणी भएको पनि उनले बताए। बाघजस्ता जनावर आयो भने चराहरुले कराएर संकेत दिने उनले बताए।

उनीसँग गरिएको विस्तृत अन्तर्वार्ता:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?