परम्परागत घरको अस्तित्व संकटमाः स्थानीयमा आधुनिक घरप्रतिको चासो बढी

परम्परागत घरको अस्तित्व संकटमाः स्थानीयमा आधुनिक घरप्रतिको चासो बढी
+
-

मुगु – पश्चिम नेपालका हिमाली तथा पहाडी भेगका परम्परागत घर विस्तारै लोप हुने अवस्थामा पुगेका छन्। नयाँ पुस्तामा आधुनिक कंक्रिटका घरप्रति आकर्षण बढेसँगै माटो, ढुङ्गा र काठबाट निर्मित परम्परागत घरहरू क्रमशः हट्दै जान थालेका छन्।

स्थानीयका अनुसार आधुनिक घरहरू सुविधाजनक, सुरक्षित र दिगो हुने भएकाले उनीहरू परम्परागत शैली त्याग्न बाध्य छन्।

“हिउँदमा चिसो, वर्षायाममा चुहिने समस्या र भूकम्पीय जोखिमका कारण परम्परागत घर छोड्नुपरेको हो,” स्थानीयवासी कर्णबहादुर हितानले बताए।

तर, जिल्लाका बुढापाकाहरू भने परम्परागत घरहरूको हराउँदै गएको अस्तित्वप्रति चिन्तित देखिन्छन्। “यी घरहरू केवल बसोबासका लागि मात्र होइन, स्थानीय संस्कृति, इतिहासको झल्को दिने महत्त्वपूर्ण प्रतीक हुन् र जो जसले जेजति भने पनि हिमाली भेग तिर सिमेन्टका घरहरू अन्य घरहरू भन्दा स्वास्थ्यको दृष्टिकोणले त्यति , फाईदा जनक हुँदैनन्।

पुरानै माटो ,काठ,सोतर स्याउला र ढुङ्गाले बनेका घरनै स्वास्थ्यको दृष्टिकोणले ठिक हुन् र परम्परागत संरचनामा धर्म, संस्कृति र पुर्खाहरूको साईनो जोडिएको हुन्छ।’ छायाँनाथ रारा वडा नं २ निवासी धार्मिक अभियानता तिलक प्रशाद चौलागाईले बताए।

तिनै तहका सरकारले पुराना संरचनाको संरक्षण र ब्यबस्थित गर्नका लागि केही योजना अघि सारेको छैनन् , पुराना संरचना जस्ताको तस्तैमा राखी ब्यबस्थि गर्ने सघाउने खालका कार्यक्रममा सहयोग गर्न आबश्यक पर्यटकिय तथा संस्कृतिक दृष्टिकोणले पनि आबश्यक देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?