
जनकपुरधाम – मधेस प्रदेशसभाको सातौं वार्षिकोत्सबको अवसरमा प्रदेशसभा सदस्य रामअषिश यादव उत्कृष्ट सांसदको रुपमा सम्मानित भएका छन्।
प्रदेशसभाको सातौं वार्षिकोत्सबको अवसरमा सोमबार आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक यादवलाई सभामुख रामचन्द्र मण्डलले उत्कृष्ट सांसदको रुपमा घोषणा गरेका हुन्।
यस्तै, कर्मचारी तर्फ प्राविधिक अधिकृत इन्द्र कुमार बहरखेर उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन्। सभामुख मण्डलले उनलाई उत्कृष्ट कर्मचारीको रुपमा घोषणा गरेका हुन्।
उत्कृष्ट भएका सांसद र कर्मचारीलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दोसल्ला र प्रमाणपत्र दिएर सम्मान गरेकी हुन्।