मुगु अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारीः अब एपेण्डिसाइटिसको शल्यक्रिया जिल्लामै सम्भव

मुगु अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारीः अब एपेण्डिसाइटिसको शल्यक्रिया जिल्लामै सम्भव
+
-

मुगु – हिमाली जिल्ला मुगुको एकमात्र जिल्ला अस्पतालमा स्वास्थ्य सेवा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ।
अस्पतालको लागि चाहिने अतिआबश्यकिय कुराको ब्यबस्थापन गरिएपछि स्वास्थ्य सेवा प्रभाबकारी बन्दै गएको हो।

‘विशेषज्ञ चिकित्सकहरूको उपलब्धता, एक्स९रे तथा भिडियो एक्स९रे सेवा, लगायत आधुनिक स्वास्थ्य उपकरण हरूको उपलब्धता, अस्पताल हाता भित्र सुलभ ओषधि पसलको ब्यबस्था हुनुले बिरामी र बिरामीका कुरूवा हरूलाई सहज भएको छ।

कोरियन सरकारद्वारा निर्मित नयाँ सफा र व्यवस्थित अस्पताल भवनका कारण बिरामीहरूले गुणस्तरीय सेवा पाउन थालेको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गजेन्द्रबहादुर मल्लले बताएका छन्।

उनले भने, ‘ सामान्य प्रकारका बिरामीहरू पनि थप उपचार गर्न जिल्ला बाहिर जानू नपरोस भनेर कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला बाट आफ्नो समन्वयमा बिशेषज्ञ, डाक्टरको ब्यबस्था गरेको र केही महिना अघि , अस्पताल भित्रै ओैषधि पसलको समेत ब्यबस्थापन गरेको छु।’

हालै मात्र अध्यक्ष मल्लको समन्वयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट मुगुका लागि एक जना एमडी जीपी चिकित्सक डाक्टर अभिशेष मिश्र खटिनु भएको छ। भने बालरोग विशेषज्ञ डाक्टर निर्मल नगरकोट गत जेठ महिना देखिनै अस्पतालमा कार्यरत छन्। हाल अस्पतालमा दुईजना बिशेसज्ञ सहित १० जना चिकित्सक कार्यरत छन्,

थप विशेषज्ञ सेवा थपिएसँगै अस्पतालमा गर्भवती महिला, एपेण्डिसाइटिस, हर्निया, हाईड्रोसिल तथा अन्य जिल्ला बाहिर गएर उपचार गराउनु पर्ने जटिल प्रकारका रोगहरूको उपचार सहज हुन थालेको छ।

अस्पताका स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर निर्मल नगरकोटीका अनुसार ‘बालरोगसम्बन्धी सेवामा उल्लेखनीय सुधार आएको छ भने एमडी जीपी सेवा पुनः सञ्चालनमा आएसँगै ,गर्वती,सुत्केरी, एपेण्डिसाइटिस, हर्निया र हाइड्रोसिलका शल्यक्रियाहरू पनि जिल्लामै सम्भव भएको छ।’

स्थानीय बासिन्दाहरूले मुगु जिल्लाको दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार हुनु ठूलो उपलब्धि भएको बताएका छन्। यसले विशेष गरी मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?