पूर्वका ९ जिल्ला बन्द यथावत, रुख ढालेर सडक अवरुद्ध, एम्बलेन्समा रहेका बिरामी अलपत्र

पूर्वका ९ जिल्ला बन्द यथावत, रुख ढालेर सडक अवरुद्ध, एम्बलेन्समा रहेका बिरामी अलपत्र
+
-

झापा- ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको बिरोधमा विगत केही दिनदेखिको बन्दका कारण पूर्वी पहाडको जनजीवन अस्तव्यस्त बन्दै गएको छ।

नो केबलकार समूहलगायत विभिन्न संगठनहरूले आह्वान गरेको कोशी प्रदेशका ९ जिल्लामा यातायात बन्दका कारण पहाडको जनजीवन अस्तव्यस्त बन्दै गएको हो।

सोही क्रममा आज राति मेची राजमार्ग अन्तरगत पॉचथरको जोरपोखरी –गोपेटार खण्डमा रुख ढालेर बन्दकर्ताहरूले सडक अवरुद्ध गरेका छन् ।

सडक अवरोधका कारण हिलिहाङ २ को सिंहापुरदेखि सदरमुकाम फिदिम ल्याइँदै गरेकी १८ वर्षीय कल्पना जोगीसहितका बिरामीको विचल्ली भएको छ ।

रातको २ वजे विरामी लिएर आउँदै गरेका चालक नुपु सेर्पाले बाटोमा रुख ढलेको भेटेपछि उनले आफूले चलाएको एम्बेलेन्स त्यहीँ रोक्न बाध्य भएको बताए। विरामी बोक्ने अन्य एम्वुलेन्स बिहानसम्म सडकमै रोकिएका छन् ।

चारवटा रुख ढालेर बाटो अवरुद्ध गरिएकाले सुत्केरी व्यथाले चापेकी ती महिलालाई पुनः गोपेटार फर्काइएको छ । अवस्था केही जटिल रहेकाले गोपेटारमा बिहानसम्म पनि प्रसुती गराउन नसकिएको त्यहॉका स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

माघ १५ गतेदेखि मेची राजमार्ग र तमोर करिडोर बन्द गर्दै आएको नो केबलकार समूहले विगत तीन दिनदेखि अरुण पूर्वका ९ जिल्लामा आम हड्तालको आह्वान गरेको छ ।

मंगलबार पनि मेची राजमार्गलगायत पहाड जोड्ने अन्य राजमार्गहरूमा यातायातका साधन चलेका छैनन्।

सोमबारको वार्ता निष्कर्षबिहीन

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको सोमबारको वार्ता विनानिष्कर्ष टुंगिएको छ।

सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन ।

मङ्गलबार बिहान ११ बजे पुनः वार्ता बस्ने गरी सोमबारको वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

“वार्ता सकारात्मक भयो तर कुनै निष्कर्ष निस्किएको छैन, मंगलबार ११ बजे पुनः बस्ने सहमति भएको छ”, उनले भने ।

वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माणको सबै प्रक्रिया खारेजी र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएका जनाइएको छ ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?