लुम्बिनीमा करिब ३ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै

लुम्बिनीमा करिब ३ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै
+
-

दाङ – लुम्बिनी प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सुरु भएको छ।

मंगलबार एक कार्यक्रममा बीच मुख्यमन्त्री चेतनारायण आचार्य र स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेपछि अभियान सुरु भएको हो।

‍१० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाईलक्षित गरेर खोप अभियान थालिएको हो। कक्षा ६ देखि १० सम्म पढ्ने किशोरीलाई खोप लगाइने छ।  विद्यालयबाहिर रहेका किशोरीहरुलाई पनि खोप लगाइने छ।

लुम्बिनी प्रदेशका २ लाख ९० हजार एक सय २४ जना किशोरीलाई खोप लगाउने लक्ष्य छ। आवश्यक पर्ने खोप सबै सम्बन्धित खोप केन्द्रहरुमा पठाइएको स्वास्थ्य मन्त्रालयलले जनाएको छ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देही जिल्लाका ६१ हजार २ सय ३१ किशोरीलाई खोप लगाउने लक्ष्य छ।त्यसपछि दाङमा ४२ हजार ६७ जना, कपिलवस्तुमा ३९ हजार पाँच सय २५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ।

सबैभन्दा थोरै रुकुम पूर्वमा तीन हजार पाँच सय ९१ र अर्घाखाँचीमा ९ हजार तीन सय ३४ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ।

पाल्पामा १२ हजार ५ सय ६६, गुल्मीमा १३ हजार ४६, नवलपरासी पश्चिममा १८ हजार ७ सय ९३, रोल्पामा १५ हजार ४ सय ७८, प्युडानमा १६ हजार तीन सय ३५, बर्दियामा २४ हजार ६५ जना र बाँकेमा ३४ हजार ९३ जनाले खोप लगाउने लक्ष्य राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?