
धनगढी – सुदूरपश्चिम प्रदेशमा पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरू भएको छ।
सुदूरपश्चिमका ९ वटै जिल्लामा रहेका १० देखि १४ वर्षका १ लाख ८१ हजार बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान मंगलबारदेखि सुरू गरिएको हो।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले धनगढीको शारदा स्कुलबाट खोप अभियानको शुभारम्भ गरेका हुन्। उनले स्वास्थ्यकर्मीलाई खोप सामाग्री तथा खोप लगाएकी किशोरीलाई खोप कार्ड दिएर अभियानको सुरुवात गरे।
हरेक विद्यालयमै गएर खोप दिइनेछ भने विद्यालय पहुँचबाहिर रहेका बालिकालाई लक्षित गरेर अलग्गै खोप केन्द्र पनि तोकिएको छ।