
काठमाडौँ- राष्ट्रिय सभाबाट अध्यादेश पारित गराउनका लागि जसपा निर्णायक बनेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार बिहान भेटवार्ता भएको छ।
काँग्रेस सभापति देउवाले जसपा नेपालका अध्यक्ष यादवसँग छलफल अगाडी बढाएका हुन्।
प्रतिनिधि सभाबाट अध्यादेश पारित हुने करिब निश्चित बने पनि राष्ट्रिय सभाबाट पारित गराउन सत्ताधारी दलहरूले जसपाको साथ खोजेका छन्।
सोही विषयमा देउवा र यादवबीच संघीय संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता भएको हो। बुधबार साँझ पनि उनीहरूबीच भेटवार्ता भएको बुझिएको छ।
छलफलमा गृहमन्त्री रमेश लेखक र जसपा नेपालका तर्फबाट राजकिशोर यादव पनि सहभागी रहेका छन्।
राष्ट्रिय सभामा नेपाली कांग्रेसका १६, नेकपा एमालेका १० सांसद छन् भने सत्तामा रहेको लोसपाको एक सांसद रहेका छन्। त्यस्तै जसपा नेपालका ३ सांसद रहेका छन्।
त्यस्तै राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, एकीकृत समाजवादीका ८ सांसद रहेका छन्।