श्रवण क्षमतामा कमी भएका व्यक्तिहरूसँग गर्नुपर्ने प्रभावकारी सञ्चार 

श्रवण क्षमतामा कमी भएका व्यक्तिहरूसँग गर्नुपर्ने प्रभावकारी सञ्चार 
+
-

सञ्चार मानिसको दैनिक जीवनको अभिन्न अंग हो। यो केवल विचार, सन्देश र जानकारी आदानप्रदानको माध्यम मात्र नभई, यसले दैनिक जीवनको सबै पक्षहरूमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। सञ्चार एक गतिशील र अन्तरर्क्रियात्मक प्रक्रिया हो, जसले व्यक्तिहरु र विभिन्न समाजहरुलाई जोडी  एक बलियो सामाजिक सम्बन्ध बनाउने, ज्ञान वा शिक्षा विस्तार गर्ने, सूचना तथा सन्देशहरूको सम्प्रेषण गर्ने, सहयोग गर्दछ। सञ्चारका माध्यम विभिन्न प्रकारका हुन्छन् – मौखिक, लिखित, दृष्य र शारिरीक हावभाव तथा हातको इशाराबाट गरिने सञ्चार, जसलाई सांकेतिक भाषा पनि भनिन्छ ।  सञ्चारमा सबै भन्दा महत्वपूर्ण भूमिका सुनाईको अवस्था तथा श्रवणले खेलेको हुन्छ। 

सञ्चार भनेको शब्द सुन्नु मात्र नभई ती शब्दहरूले दिन खोजेको सन्देश वा अर्थ बुझ्नु महत्वपूर्ण हुन्छ। सञ्चारको प्रभावकारिता तब मात्र हुन्छ जब प्रेसककर्ताबाट स्पष्ट र ठोस रुपमा दिएका सन्देशहरू प्राप्त कर्ताहरुले  सक्रिय रुपमा सुन्ने र बुझ्ने क्षमता हुन्छ। यदि सन्देशहरू अस्पष्ट, गलत व्याख्या गरिएमा गलत सञ्चार हुन सक्छ, जसले गर्दा व्यक्तिगत, व्यावसायिक वा सामाजिक सन्दर्भमा गलतफहमी र सम्भावित समस्या उत्पन्न गर्न सक्छ। 

सञ्चारको लागि श्रवण अत्यन्तै महत्त्वपूर्ण छ। यसले वरपरका घटनाहरू बुझ्न र प्रतिक्रिया जनाउन सहयोग गर्दछ। श्रवण केवल आवाज सुन्ने कुरा मात्र होइन; ती आवाजले दिने अर्थ बुझ्न महत्त्वपूर्ण हुन्छ। श्रवण क्षमताको कमीले व्यक्तिलाई एक्लोपन र एक्लिएको महसुस गराउन सक्छ र जसले गर्दा दैनिक जीवनमा कठिनाइ ल्याउन सक्छ। समाजमा धेरै व्यक्तिहरू, विशेष गरी बालबालिका तथा जेष्ठ नागरीकहरु, श्रवण समस्याबाट प्रभावित भएको यथेष्ठ प्रमाण रहेका छन्। 

श्रवण क्षमतामा कमी भएका व्यक्तिहरूसँग संवाद गर्दा विशेष रुपमा ध्यान दिनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। सुनाई कमी भएका व्यक्तिहरूसँग कुराकानी गर्दा उनीहरूको सञ्चार सम्बन्धी आवश्यकतालाई ध्यानमा राख्नुपर्छ। 

उपयुक्त सञ्चारको माध्यमको पहिचान

जसका लागि सबैभन्दा पहिला, उनीहरू कुन माध्यमबाट सञ्चार गर्न सहज महसुस गर्छन् भनेर पत्ता लगाई सञ्चार गर्नु पर्छ। कतिपय व्यक्तिहरू ओठको चाल पढेर कुरा बुझ्न मन पराउँछन् भने, केहीले सांकेतिक भाषा, कसैले लेखेर, वा  सहायक प्रविधी  प्रयोग गर्न रुचाउँछन्। संवाद गर्न सजिलो बनाउने सञ्चार माध्यम पहिचान गर्नु नै सञ्चार प्रक्रियाको पहिलो महत्त्वपूर्ण कदम हो। 

उपयुक्त वातावरणको छनौट

संवादका लागि स्थानको छनोटमा पनि धेरै ध्यान दिनुपर्छ। शान्त र उज्यालो स्थान कुराकानीका लागि उपयुक्त हुन्छ। धेरै ठूलो आवाज वा भीडभाड भएका ठाउँमा संवाद गर्दा समस्या हुन सक्छ, त्यसैले जति सकिन्छ, शान्त र व्यवस्थित ठाउँमा संवाद गर्नुपर्छ। जसले गर्दा सुनाई कमी भएका व्यक्तिहरुलाई उज्यालो स्थानले ओठको चाल र अनुहारको भाव पढ्न सजिलो बनाउँछ। साथै अनुहारमा छाँया नपर्ने स्थानको छनौट गरी संवाद गर्नु पर्छ।

संवाद अगाडि ध्यानार्कषणको आवश्यकता

कुराकानी सुरु गर्नुअघि, श्रवण क्षमतामा कमी भएका व्यक्तिको ध्यानाकर्षण गर्नु आवश्यक हुन्छ। यसका लागि  हात हल्लाएर, काँधमा हल्का छोएर वा आँखामा हेरेर उनीहरूको ध्यान तान्न सकिन्छ। साथै, सहायक प्रविधिहरू, जस्तै श्रवण यन्त्र वा कक्लियर इम्प्लान्ट प्रयोग गर्ने व्यक्तिहरूको हकमा, ती उपकरण सही रूपमा काम गरिरहेको सुनिश्चित गर्नु महत्त्वपूर्ण हुन्छ।

ओठको चाल प्रष्ट देखिने गरी बोल्नु

कुराकानीको क्रममा मुख स्पष्ट देखिने गरी बोल्नु महत्त्वपूर्ण हुन्छ। मास्क लगाएर बोल्दा ओठको चाल नदेखिने भएकाले मास्क हटाउदा वा पारदर्शी मास्कको प्रयोग गर्दा फाइदा हुन्छ। बोल्दा छिटो वा धेरै बिस्तारै बोल्नुको सट्टा मध्यम गतिको  र स्पष्ट उच्चारणमा बोल्नु राम्रो हुन्छ। साथै शब्दहरूलाई अत्यन्तै जटिल बनाउनु भन्दा सरल र बुझ्न सजिलो बनाउनु आवश्यक छ। कठिन शब्दहरूको प्रयोगले संवादलाई झन् अप्ठ्यारो बनाउन सक्छ, त्यसैले सजिलो र सरल भाषाको प्रयोग गर्दा संवाद प्रभावकारी हुन्छ।

श्रवण क्षमतामा कमी भएका व्यक्तिहरूसँग संवाद गर्दा सहानुभूति र धैर्यता का साथ कुरा गर्नु आवश्यक पर्छ। यदि उनीहरूले  कुरा बुझ्न समय लागेमा भने झर्को मान्नुहुँदैन। उनीहरूले प्रतिक्रिया दिन वा कुनै कुरा स्पष्ट गर्न केही समय मागे भने पर्खिन तयार हुनुपर्दछ। यसले उनीहरूको आत्मविश्वास बढ्न सहयोग गर्छ।

शारीरिक हाउभाउ र ईशाराको प्रयोग

शारीरिक हाउभाउ र इशाराको प्रयोग संवादलाई सहज र प्रभावकारी बनाउने अर्को उपाय हो। हातले देखाएर सन्दर्भ दिनु, अनुहारमा भाव देखाउनु, र सामान्य इशाराहरूको प्रयोगले कुरालाई बुझ्न थप सहयोग पुर्‍याउँछ। उदाहरणका लागि, यदि “यस दिशा तिर जाऔं” भन्नु छ भने हातले देखाएर दिशा जनाउन सकिन्छ। यसरी सन्देशलाई स्पष्ट बनाउने प्रयास गर्नुपर्छ।

पर्याववाची शब्दको प्रयोग

यदि श्रवण क्षमतामा कमी भएका व्यक्तिले कुनै शब्द वा वाक्य बुझ्न सकेनन् भने, त्यसलाई फेरि दोहोर्‍याउने सट्टा नयाँ शब्द अर्थात् पर्यायवाची शब्द प्रयोग गर्ने  प्रयास गर्नु राम्रो हुन्छ। यस्तै, कुराकानीलाई अझ प्रभावकारी बनाउन लिखित सामग्री प्रयोग गर्न सकिन्छ। मोबाइल फोन, कागज-पेन, वा डिजिटल उपकरणमा कुरा लेखेर देखाउनु संवादलाई सहज बनाउने अर्को उपाय हो।

सुनाइ सम्बन्धि सहायक प्रविधिको प्रयोग

सहायक प्रविधिहरूको प्रयोगले श्रवण क्षमतामा कमी भएका व्यक्तिसगँको संवादलाई अझ सरल बनाउन सक्छ। जस्तै, स्पिच-टु-टेक्स्ट एप्स, एम्प्लिफायर, वा वायरलेस प्रणालीहरू प्रयोग गर्न सकिन्छ। सार्वजनिक ठाउँमा, सभा हलमा, वा कार्यालयमा यस्ता उपकरणको प्रयोगले श्रवण क्षमतामा कमी भएका व्यक्तिहरूलाई सहज रूपमा संवाद गर्न मद्दत गर्दछ जसले आवाजहरु स्पष्ट र बुझिने गराउदछ। यस्तै, श्रवण सहायता उपकरणको उचित प्रयोग सुनिश्चित गर्दा उनीहरूलाई थप सजिलो हुन्छ। 

धैर्यता तथा सहानुभुति जनाउनु

सबैभन्दा महत्त्वपूर्ण कुरा, श्रवण क्षमतामा कमी भएका व्यक्तिहरूसँग संवाद गर्दा सहानुभूति र धैर्यता का साथ कुरा गर्नु आवश्यक पर्छ। यदि उनीहरूले  कुरा बुझ्न समय लागेमा भने झर्को मान्नुहुँदैन। उनीहरूले प्रतिक्रिया दिन वा कुनै कुरा स्पष्ट गर्न केही समय मागे भने पर्खिन तयार हुनुपर्दछ। यसले उनीहरूको आत्मविश्वास बढ्न सहयोग गर्छ। उनीहरूको आवश्यकता र अनुभवलाई सम्मान गर्दै, उनीहरूलाई सहज महसुस गराउने प्रयास गर्नुपर्छ।

हामीले यी सरल उपाय अपनाएर श्रवण क्षमतामा कमी भएका व्यक्तिहरूसँगको संवाद वा सञ्चारलाई अझ प्रभावकारी, समावेशी, र सरल बनाउन सक्छौं। यसले उनीहरूको व्यक्तिगत जीवन मात्र होइन, समाजमा उनीहरूको सहभागिता र योगदान पनि सुनिश्चित गर्न मद्दत पुर्‍याउँछ। यी साना र महत्वपूर्ण प्रयासहरुले श्रवण क्षमता कमी भएका व्यक्तिहरुलाई समाजको महत्त्वपूर्ण हिस्सा महसुस गराउन सक्छ। समावेशी समाज निर्माणका लागि हामी सबैले यस्ता स-साना कदम चाल्नु जरुरी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?