हिउँ नपरेपछि मुगालीलाई भोकमरीकाे चिन्ता

हिउँ नपरेपछि मुगालीलाई भोकमरीकाे चिन्ता
+
-

मुगु – मध्य माघमा पनि हिउँ नपरेपछि मुगु जिल्लाका स्थानीय चिन्तित भएका छन्। हिउँदमा पर्याप्त मात्रामा हिउँ परे अन्नबाली र फलफूल उत्पादन राम्रो हुने भए पनि यस वर्षको माघ मसान्तसम्म हिउँ नपरेपछि मुगाली भोकमरीको डरले त्रसित भएका छन्।

मुगु हिमाली जिल्ला भएकाले यहाँका खेतबारीमा वर्षमा दुईवटा मात्र बाली पाक्ने गर्छ। जेठ–असारमा लगाएको वर्षे बाली असोज–कार्तिकमा घर भित्र्याइन्छ भने कार्तिक–मंसिरमा लगाएको हिउँदे बाली चैत–बैशाखमा भित्र्याइन्छ।

“जेठ–असारमा राम्रो वर्षा भए वर्षेबाली र हिउँदमा राम्रो हिउँ परे हिउँदे बालीले राम्रो उत्पादन दिन्थ्यो। कृषकहरूलाई छ महिनासम्म खानाको समस्या हुँदैनथ्यो। तर, यो वर्ष माघ मसान्त लाग्दा पनि हिउँ परेको छैन,” छायानाथ रारा नगरपालिका वडा नं १० का स्थानीय रुप बहादुर सेजुवाल भन्छन्।

कार्तिकमा लगाइएको गहुँ र जौ पानी र हिउँ नपर्दा राम्रोसँग उम्ेरिन सकेको छैन। उम्रेका बोटले पनि पानी नपाउँदा सुक्दै गएका छन्। हिउँ परे फाल्गुणमा पाखेधान लगाइन्थ्यो, तर यो पटक भोकमरी पर्ला जस्तो छ। हिउँदे बाली राम्रो नभए घर परिवार कसरी पाल्ने हो भन्ने चिन्ता बढ्दै गएको सेजुवाल बताउँछन्।

“१० वर्षअघिसम्म असोज, कार्तिक, मंसिरमा पनि हिउँ पर्थ्यो। ती महिनामा नपरे ढिलोमा पुस र माघको पहिलो सातामा प्रायः बाक्लो हिउँ पर्थ्यो। त्यो बेला परेको हिउँ चैत(बैशाखसम्म पनि खेतबारीमा रहन्थ्यो भने हिमाल बार्है महिना हिउँले ढाकिएका हुन्थे। अहिले त हिमालमा हिउँ नै छैन, हामी २ वर्षदेखि राम्रोसँग हिउँ देख्न पाएका छैनौं,” छायानाथ रारा नगरपालिका वडा नं ५ ढुम गाउँका स्थानीय कमल बुढा बताउँनु हुन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय मुगुका प्रमुख चिकित्सक निर्मल नगरकोटी भन्छन्, “सुख्खा वातावरणले श्वासप्रश्वास सम्बन्धी हावाजन्य रोग फैलिने सम्भावना बढी हुन्छ भने बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुन्छन्।”

अन्नबाली मात्र होइन, हिउँ पर्दा स्याउ, ओखर, जडीबुटी पनि राम्रो फल्ने र पाइने हुन्छ। “अन्न कम उत्पादन भए पनि जडीबुटी संकलन गरेर, फलफूल बेचेर घरखर्च र बालबच्चाहरूको पढाइ खर्च जुटाउँथ्यौं। तर, यो वर्ष जडीबुटी र फलफूलको पनि राम्रो उत्पादन होला जस्तो छैन। अब कसरी घरपरिवार पाल्ने, घरखर्च जुटाउने होला,” सोरु गाउँपालिका सीप गाउँका स्थानीय किसिम क्षेत्री चिन्ता व्यक्त गर्छन्।

मौसम पूर्वानुमान महाशाखाले हिउँ पर्ने सम्भावना भएको सूचना रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा प्रवाह गर्दा कृषकहरू खुशी हुने तर, भोलिपल्ट हिउँ नपर्दा खिन्न हुने अवस्था छ। मुगु जिल्लाका कृषकहरू मौसमको अनिश्चिततासँगै भोकमरीको जोखिममा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?