छोरी चेलीको अस्मितामा आँच आउने कुरा बोलेको छैन– मुख्यमन्त्री सुब्बा

छोरी चेलीको अस्मितामा आँच आउने कुरा बोलेको छैन– मुख्यमन्त्री सुब्बा
+
-

पोखरा- छोरीचेलीको अस्मितामाथि आँच आउने कुरा आफूले नबालेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्।

महिला पर्यटन ब्यवसायी मञ्च  (वोटेफ) को प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको कार्यक्रममा बोल्दै उनले केही समय अगाडि एक प्रसंगमा यौन ब्यवसायको विषयमा आफूले विकृतिका कुरालाई समाजबाट हटाउनु पर्ने धारणा राखेकोमा त्यसलाई गलत प्रचार गरिएको बताए।

उनले ‘हिप्पी भिलेज’को उदाहरण दिँदै समाजमा सबै राम्रो र असल काम मात्रै नहुने सँगसँगै नराम्रो कुरा पनि देखिने भन्दै त्यसलाई हटाउन नसके ब्यवस्थित गर्ने विकल्प खोजिनुपर्ने बताए। नदेखिने तर समस्यामा रहेका विषयहरुले समाजलाई झनै दुर्गन्धित बनाउने भन्दै यस्ता विषयमा खुलेर बहसमा जानु पर्ने उनको भनाइ थियो। ‘बहसमा जाँदा राम्रो नराम्रो दुबै कुरा हुन्छ। समाजलाई हित हुने कुरालाई निष्कर्षमा लिएर सोहि अनुुसारको निति नियम बनाएर अघि बढ्नु पर्छ,’ उनले भने।

पूर्वीय सभ्यता र संस्कार भएको मुलुकमा छोरी चेलीको अस्मितालाई लिलाम गर्दै कर उठाउने भन्ने विषय आफ्नो कल्पना भन्दा बाहिर रहेको उनको प्रतिक्रिया थियो।

उनले पोखरामा पर्यटन प्रवद्र्धनको वृहत्तर सम्भावना रहेको भन्दैै यहाँको स्रोत र साधनको समुचित प्रयोगले नै प्रदेशको समृद्धि हुने बताए।
कर्मचारीको अभावले प्रदेश सरकारले काम गर्ने वातावरण नभएको भन्दै संघीय सरकार प्रदेशको अधिकारप्रति संवेदनशील नबनेको आरोप लगाए। उनले गण्डकी प्रदेशलाई २०१९ मा आन्तरिक पर्यटन प्रर्वद्धनमा जोड दिने वर्ष र २०२० मा छिमेकी पर्यटन प्रर्वद्धन वर्षको रुपमा लिँदै २०२२ मा गण्डकी प्रदेश भ्रमण वर्ष मनाउने तयारी गरेको बताए। अन्तर्राष्टिय एयरपोर्ट निर्माण सम्पन्न पश्चात मुख्यमन्त्री सुब्बाले पर्यटन प्रर्वद्धनका निम्ति पोखरा २४ सै घण्टा जागै हुनुपर्ने बताए।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्मा, पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछाने, पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष गोर्कण कार्की, नेपाल टुरिज्म बोर्ड पूर्वसदस्य अग्नि खरेल, गैसस महासंघ कास्कीका अध्यक्ष पदम पहारी, राष्ट्रिय पर्यटन गण्डकी ब्यवसायि संगठनका अध्यक्ष गोविन्द पहारी, कोषाध्यक्ष दुर्गा ढकाल, सामुदायिक प्रहरी सेवा केन्द्रका मिना भट्टराई, सामाजिक अभियन्ता रामबहादुर पौडेल लगायतले पर्यटन प्रर्वद्धनमा महिलाको भूमिकाको चर्चा गर्दै पर्यटन ब्यवसायी महिलाले निर्यात मुखि उत्पादनमा संभाब्यताको खोजी गर्दै अघि बढ्न सुझाव दिए।

सोही अवसरमा एसियाड गेममा सहभागि महिला प्याराग्लाइडिङ पाइलट प्रतिभा भुजेल, त्रिसा श्रेष्ठ र सविना तामाङ र पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरिएको थियो।

उद्घाटन सभा पश्चातको बन्द सत्रले जमुना पराजुलीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ। मञ्चको उपाध्यक्षमा पार्वती पाण्डे, सचिव उमा भण्डारी, सह सचिव ममता न्यौपाने, कोषाध्यक्ष कान्ती अधिकारी, सह कोषाध्यक्ष लक्ष्मी लामीछाने र सदस्यहरुमा उमादेवी अधिकारी, बालकुमारी न्यौपाने, मञ्जु कार्की,शारदा भुजेल,माया सुवेदी, रीता रेग्मी पौडेल, भावना रानाभाट,लिलुमाया भण्डारी, मिठुदेवि लामिछाने, सुन्ती पुर्जा र सुशिला सिग्देल छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?