
मुगु – खतेड गाउँपालिका–११, रिखियाँ गाउँ नजिकै बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
स्थानीयका अनुसार, शुक्रबार बिहान बालुवा निकाल्ने क्रममा ढिस्को खस्दा अन्दाजी ६१ बर्षिय महिला कोइर्या शाही गम्भीर घाइते भएकी थिइन्। तत्काल उद्धार गरेर उनलाई उपचारका लागि कोल्टी लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको बताइएको छ।
खतेड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीका अनुसार, घटनास्थलमा स्थानीयले तत्काल उद्दार प्रयास गरे पनि गम्भीर चोट लागेका कारण उनलाई बचाउन सम्भव भएन। बालुवा निकाल्न अर्की महिला भने बाँच्न सफल भएकी छन्।