
काठमाडौं- त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत एमएको पाठ्यक्रममा पारिजातसम्बन्धी अध्ययनलाई हटाइएकोप्रति पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ।
आलोचनात्मक चिन्तनको सिप विकास गर्ने, समाजका पिधमा रहेकाहरूको मानवीय अनुभवलाई बुझ्ने, सांस्कृतिक मूल्यहरूलाई आत्मसात् गर्ने अभिप्रेरित गर्दै आएको पारिजातको लेखनीलाई नियोजित रुपमा उपेक्षा गरिएको भन्दै स्मृति केन्द्रले सोको विरोध गरेको हो।
‘यस कार्यको हामी कठोर शब्दमा निन्दा गर्दछौं र पूर्वाग्रही एवम् पश्चगामी चिन्तनद्वारा संशोधित यस नयाँ पाठ्यक्रमलाई अविलम्ब सच्याएर मात्र लागु गर्न पारिजात स्मृति केन्द्र त्रिभुवन विश्वविद्यालयसमक्ष जोडदार माग गर्दछ,’ बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
त्रिविले यसअघि आख्यानकार पारिजातको जीवनी र व्यक्तित्व तथा आख्यानकारिताको सघन समग्र अध्ययन गराउने उद्देश्यका साथ एमएको पाठ्यक्रमको पाठ्यांश संकेत नं ५७५ अन्तर्गत ‘आख्यानकार पारिजात र उनका आख्यान’ विषयमा पठनपाठन गराउँदै आएको थियो।
२०८१ देखि लागु हुनेगरी पाठ्यक्रमबाट पारिजातसम्बन्धी अध्ययनलाई हटाइएपछि स्मृति केन्द्रको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति: