
मुगु – मुगु जिल्लाका चार स्थानीय तहमध्ये सोरु गाउँपालिका आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा ६१.२ अंकसहित पहिलो स्थानमा छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते सार्वजनिक गरेको प्रतिवेदनअनुसार अन्य तहमा मुगम कार्मारोङ दोस्रो, छायाँनाथ रारा नगरपालिका तेस्रो र खत्याड चौथो स्थानमा छन्।
वित्तीय सुशासनको मूल्यांकनमा मुगम कार्मारोङ्गले ९१.५ अंकसहित अग्रस्थान ओगटेको छ भने संस्थागत मूल्यांकनमा पनि ८९ अंकका साथ पहिलो स्थानमा रहेको छ। आयोगले यस्ता मूल्यांकनले स्थानीय तहलाई सुशासन सुधार्न थप प्रोत्साहन दिने विश्वास व्यक्त गरेको छ।