तोरीखेतीतर्फ आकर्षित हुँदै झापा भद्रपुरका किसान

तोरीखेतीतर्फ आकर्षित हुँदै झापा भद्रपुरका किसान
+
-

भद्रपुर (झापा)- भद्रपुर नगरपालिकाको तेलहनखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत तोरीखेतीतर्फ यहाँका किसानको आकर्षण बढेको छ ।

नगरपालिकाका कृषि विकास अधिकृत सुमन विमलीका अनुसार पाँच हजार एक सय कट्ठा जमिनमा तोरीखेतीका लागि एक सय ४२ कृषक, कृषक समूह र कृषि सहकारीले आवेदन दिएका छन ।

चालु आव २०८१/८२ मा नगरपालिकाले प्रतिकट्ठा रु एक हजार अनुदान दिने योजना ल्याएको छ । स्थानीय तहले जग्गा वर्गीकरपछि वास्तविक किसानलाई मात्र अनुदान प्रदान गरिने व्यवस्था गरिएको हुँदा दुरुपयोग रोक्न सहज हुने अधिकृत विमलीले जानकारी दिए।

भद्रपुर–१ किचकबधका किसान चन्द्र सुब्बाले अनुदान रकम बढेकाले थप १० कट्ठा जमिनमा तोरीखेती विस्तार गरेको बताए। अनुदानले उत्पादन लागत कम गर्न र खेतीलाई आकर्षक बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

स्थानीय किसान समीर रायमाझीका अनुसार नगरपालिकाबाट प्राप्त अनुदान प्रविधि र बालीको उचित हेरचाहमा खर्च हुने भएकाले खेती सुरक्षित रहने विश्वास गरिएको छ ।

विगतमा खेती गर्दा लागत खर्च निकाल्न नै समस्या पर्ने गरेको र नगरपालिकाको अनुदानले राहत मिलेको उनले बताए। नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७९/८० मा न्यूनतम १० कट्ठा तोरीखेती गर्ने किसानलाई प्रतिकट्ठा रु छ सय अनुदान दिने नीति अवलम्बन गरिएपछि तोरीखेतीको क्षेत्रफल क्रमशः बढिरहेको छ ।

यद्यपि तोरीखेतीको विस्तार भए पनि स्थानीय उपभोक्ता अझै पनि आयातित तोरी नै खरिद गर्न बाध्य रहेको स्थानीय उपभोक्ता किरण पोखरेल बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?